सन्दीपको उत्कृष्ठ पदर्शन, ब्याटिङ ध्वस्त हुँदा केरला हार्यो

नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले युएईमा जारी टी १० लिगमा उत्कृष्ट प्रदर्शन जारी राखेका छन्। 

केरला किङसका लागि आज पनि २ ओभर बलिङ गरेका सन्दिपले १ विकेट लिँदै १४ रन खर्चिए। यद्यपी साबिक विजेतासमेत रहेको केरला बिहिबार भएको खेलमा कराँचीयन्स (सिन्धिस) सँग ९ विकेटले पराजित भएको छ। 

सारजाहमा केरलाले दिएको १०४ रनको लक्ष्य पछ्याएको कराँचीयन्सले ७ ओभर ४ बलमा १ विकेट गुमाएर पुरा गर्‍यो।कराँचीयन्सका लागि सेन वाट्सनले ५० रनको अर्धशतकीय इनिङस खेल्दा एन्टोन डेभिचले ४९ रन बनाए। 

null

कराँचीयन्सविरुद्ध लेग स्पिनर सन्दीपले १ विकेट लिए। तर, उनले टिमलाई जिताउन सकेनन्। उनी बाहेक अरू कसैले पनि विकेट लिन सकेनन्। 

आफ्नो पहिलो ओभरमा १० रन खर्चिएका सन्दिपले आफ्नो दोस्रो ओभरमा डेभिचलाई आउट बनाउँदै ४ रन खर्चिए। 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केरलाले पुरै १० ओभरमा ७ विकेट गुमाएर १०३ रन बनाएको थियो। अत्यान्तै खराब सुरूवात गरेको केरलाले पहिलो ओभरमै अहत्वपूर्ण ५ विकेट गुमायो। 

तर केरलाका लागि वायन पार्नेलले अविजित ५९ तथा सोहिल तानभिरले २३ रन जोडेपछि सम्मानजनक स्कोर बनाउन सफल रह्यो। अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । केरलाका क्रिस गेल, सहित ४ ब्याट्सम्यान शून्य रनमा आउट भए । 

केरलालाई सस्तैमा समेट्न कराँचीयन्सका प्रभिन ताम्बेले मात्र १५ रन खर्चेर ह्याट्रिकसहित ५ विकेट लिए। उनले आफ्नो पहिलो ओभरको दोस्रो बलमा क्रिश गेललाई शून्यमा आउट गरेपछि ओभरको चौथो बलमा कप्तान इयान मोर्गन, पाँचौ बलमा केईरन पोल्लार्ड र छैटौं बलमा फाबिन आलेनलाई आउट गर्दै ह्याट्रिक पुरा गरे। 

उनले आफ्नो दोस्रो ओभरको दोस्रो बलमा उपुल थरङ्गालाई आउट गरे। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *