पीपीएल क्रिकेट : उपाधिका लागि चितवन र पोखरा भिड्दै

पोखरा । सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा आज चितवन राइनोज र घरेलु टोली पोखरा पल्टनबीच प्रतिस्पर्धा हुँदैछ । 

पोखरा रंगशालामा हुने फाइनल खेल बिहान ११ बजे सुरु हुनेछ । र, पारस खड्काको चितवन र शरद भेषवाकरको पोखरा उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । 

विजेताले २७ लाख प्राप्त गर्नेछन् भने उपविजेता टोलीले १० लाखमा चित्त बुझाउनेछन् । प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरहरुले सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल प्राप्त गर्ने छन् । 

null

सोमबार भएको प्रि म्याच कन्फरेन्समा दुवै टोलीले फाइनलका लागि आफुहरु तयार रहेको बताईसकेका छन् ।  

‘एक खेलाडी र कप्तान भएको नाताले आशा गरौ खेल राम्रो हुनेछ । पहिला के भो भन्दा पनि हामीले भोलीको खेल राम्रो खेल्नु पर्नेछ,’ चितवनका कप्तान पारसले प्रि म्याच कन्फरेन्समा भने, ‘हाम्रो टिमले राम्रो गरेर फाइनलसम्म पुग्न सकेका छौं । अघिल्ला मोमेन्टमलाई पछ्याए मात्र पनि हामी सफल हुनेछौ ।’ 

प्रतियोगिताको समूह चरणको दुई खेलमा खराब प्रदर्शन गरेपनि चितवनले लगातार जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो ।  चितवनले आइतबार फाइनल प्रवेशको लागि भएको इलिमिनेटर (प्ले अफ) खेलमा ज्ञानेन्द्र मल्लको हुलास काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गरेको थियो । 

यता, घरेलु टोली पोखरा समूह चरणमा ६ जितसहित नेट रन रेटमा अघि रहदै सिधै फाइनल पुगेको थियो । र, पोखरा उपाधि घरमै राख्न चाहन्छ । पोखरालाई घरेलु समर्थकको बलियो साथ हुनेछ । 

‘घरेलु टिम भएकाले धेरै जना झण्डा ल्याएर खेल हेर्न आउछन् । जसले गर्दा हामीमा थप उर्जा पनि बढेको छ । खेल हो, हामीले नतिजाको बारेमा ध्यान दिनु भन्दा आफ्नो काम राम्रोसंग गर्याे भने नतिजा पनि राम्रो आउछ,’ पोखराका कप्तान शरदले भने, ‘टिमको तालमेल मिलेको छ । त्यसको कारण राम्रो नतिजा आएको छ । फाइनलमा पनि राम्रो हुनेछ ।’ 

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आयोजना गरेको पहिलो संस्करणको यस प्रतियोगितामा ६ फ्रेन्चचाइज टिमको सहभागिता रहेको थियो  । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *