गुल्मीमा पनि पुग्यो अटो रिक्सा : स्थानीयबासीको मुहारमा देखियो खुसी
गुल्मी, २७ कात्तिक, । तम्घास बजारभित्रका बिभिन्न स्थानहरुमा पुग्न र सामानहरु ओसारपसार गर्नको लागि गुल्मीमा पहिलो पटक चारजना बोक्न सक्ने क्षमता भएको अटो रिक्सा रिक्सा सञ्चालनमा ल्याएको छ ।
साना–साना सवारीसाधानहरु सञ्चालन नहुँदा यात्रुहरु निकै कष्ठ भोग्दै आईरहेका थिए तर, हालै केही दिन यता एकै पटक धेरै अटो रिक्साहरु सञ्चालनमा आए देखी यात्रुहरुले सहज महसुज गरेका छन् ।
झण्डै एक दर्जन अटो रिक्सा सञ्चालनमा ल्याइएको छ भने अटो रिक्सा सञ्चालनमा आएसँगै स्थानीबासीको मुहारमा खुसी छाएको छ ।
null
अटो रिक्सा सञ्चालनमा आउनु भन्दा अगाडी ‘तम्घास बजारभित्र ठूला सवारीसाधनले चााहेको स्थानसम्मा किनेको सामग्रीहरु नपुर्याउने हुँदा बिभिन्न स्थान तथा सवारीसाधन छुटने स्थानसम्म लेबर खोजेर लैजानु पर्ने बाध्यता रहेको थियो भने भने अहिले यहाँका बासिन्दाहरुलाई निकै सहज भएको छ ।