सहि तरिकाले बियर सेवन गरे बिभिन्न रोगको अचुक औषधी

बियरलाई एउटा मादक पदार्थ हो । नेपाली संस्कृतिमा बियर पिउनुलाई राम्रो पनि मानिन्दैन । यदी सही तरिकाले बियर खाँदा यति धरै फाइदा छन् भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । अमेरिकामा हालै गरिएको एक अध्यनले बियर पिउने मानिसलाई मृगौलाको पत्थरी हुने खतरा , नखानेको तुलनामा निक्कै कम हुन्छ भन्ने पत्ता लगाएको छ । थोरै मात्रामा बियर पिउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।  

हामी धेरै जना यो सोच्छौ कि बियर खाँदा हाम्रो शरिरको बजन  बढ्छ तर युनिभर्सिटी अफ लण्डन कलेजले यो कुरा गलत भएको साबित गरेको छ । सो कलेजमा केही वर्ष अगाडी गरेको एक अध्यनले  बियर खाँदा मोटो पन बढ्ने भन्ने मान्यता गलत भएको देखाएको छ ।  बियरले शरीरमा पाचन शक्ति भने बढाइदिन्छ । जसले भोक बढ्ने समस्या भने हुने शोधकर्ताहरुको भनाइ छ । बियार पिउनुको फाईदा निम्न प्रकार छन् । 

– मधुमेहका बिरामीलाई बियर निकै हितकर मानिन्छ । दिनमा एक गिलास बियर खानाले टाइप २ नामको मधुमेह हुने खतरा २५ प्रतिशतले कम हुने गर्दछ । 

null

– स्ट्रोकको खतरालाई पनि बियर खाने हो भने कम गर्न सकिन्छ । विशेषगरी रगत जमेर दिमागमा अक्सिजन तथा रगत सञ्चार नहुने खतराबाट ठिक्क मात्रामा बियर लिने हो भने कम हुन्छ । 

– बियर पिउन हो भने ह्दयघातबाट बच्न सकिन्छ । आर्टरीमा भएको बोसो तथा कोलेस्टरोल हल्का मात्रामा बियर खाने हो भने कम हुन्छ । 

– हाम्रो शरीरमा भएका हाडलाई बलियो र मजवुत पार्ने काममा बियरले सहयोग गर्दछ । हाडलाई मजवुत गर्ने तत्व भनेको सिलिकन हो जुन बियरमा अत्याधिक मात्रामा पाइन्छ । 

– अल्जेमेयर वा सम्झने क्षमता कम भएका मानिसलाई बियर लाभदायक मानिन्छ । हाम्रो वौद्धिक क्षमता ह्रास हुनबाट पनि यसले बचाउँछ । सही मात्रामा बियर खानाले हाम्रो दिमागमा रक्तसञ्चार भइरहने हुन्छ जसले गर्दा दिमागमा भएका रासायनिक तत्वमा सकरात्मक प्रभाव पर्दछ । विशेषगरी सिलिकनले अल्जेमेयरको मुख्य कारक तत्व आल्मुनियमबाट दिमागलाई बचाउँछ । 

– निन्द्रा नलाग्ने समस्याबाट पीडितका लागि बियरले औषधिको काम गर्दछ । दिमागमा डोपामाइन कम भएपछि मानिसलाई तनाव हुने र निन्द्रा नलाग्ने गर्दछ । केवल एक चम्चा बियर खाने हो भने डोपामाइनको मात्रा बढ्दछ जसले गर्दा मानिसले हल्का तथा आनन्द महसुुस गर्दछ । 

–अमेरिकामा भएको सोध अनुसार बियर पिउँदा पत्थरी हुने खतरा काम हुन्छ । एक सोधका अनुसार ४० प्रतिशत बियर पिउने मानिसहरुमा मृगौला पत्थरी हुने खतरा बियर नपिउनेको तुलनामा निकै कम हुन्छ । यद्यपी, बियरमा पाइने के कुराले यस्तो हुने भन्ने बारे शोधकर्ताले निर्धारण गर्न नसकेको बताइएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *