‘ए’ डिभिजन लिग :जितविहिन फ्रेन्ड्स र सरस्वती युथ क्लब भिड्दै

काठमाडौं । पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत तेस्रो चरणको  अन्तिम दिन आज (शनिबार) फ्रेन्ड्स र सरस्वती युथ क्लबले प्रतिस्पर्धा गर्दैछन् । 

हल्चोकस्थित एपीएफ क्लबको मैदानमा खेल बिहान ११ बजे सुरु हुनेछ । अघिल्ला दुई खेलमा पराजित दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । 

लिगको पहिलो खेलमा फ्रेन्ड्स रुस्लान थ्री स्टार क्लबसँग २–१ ले पराजित भएको थियो । दोस्रो खेलमा विभागीय टोली एपीएफसँग १–० गोलले पराजित भएको थियो ।  

null

पहिलो खेलमा सिएमजी संकटा क्लबसँग १–० ले पराजित भएको सरस्वती दोस्रो खेलमा हिमालयन शेर्पासँग १ – ० ले नै पराजित भएको थियो । 

जारी लिगमा अंक जोड्न नसकेको फ्रेन्ड्स १२ औं स्थानमा र सरस्वती १३ औं स्थानमा रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *