राष्ट्रपतिको १८ करोडको कारमाथि रेखाको प्रश्न, यो लगानीले देशलाई के दिन्छ ?
मंसिर ३, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको सुरक्षाका निम्ति १८ करोडको गाडी माग भएपछि यसले सञ्चार माध्यम लगायत सामाजिक सञ्जालमा हंगामा मच्चायो ।
सरकारले राष्ट्रपतिका लागि गाडी किन्न थप १४ करोड निकासा गरेको खबर बाहिरिँदा कतिले राष्ट्रपति विद्यादेवी भण्डारीको चर्को आलोचना गरे त कतिले व्यंग्य हाने ।
यसैबीच अभिनेत्री रेखा थापाले पनि यो आफ्नो आफ्नो अभिव्यक्ति सार्वजनिक गरेकी छिन् ।
null
पछिल्लो समय महिला हिंसाविरुद्ध आवाज उठाउँदै आएकी रेखाले आइतबार आफ्नो फेसबुक मार्फत् ‘कुरा १८ करोडको गाडीको होइन । यो धेरै ठुलो रकम पनि नहोला नेपाली जनतालाई । तर १८ जना छोरीले आफु यो देशको राष्ट्र प्रमुख हुने सपना देख्छन् त ? यो लगानीले देश लाई के दिन्छ ?’ भन्ने अभिव्यक्ति सार्वजनिक गरेकी हुन् ।
केही दिनअघि औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रूपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्नेसहित आठ गाडी किन्ने तयारी भएको खबर बाहिरिएको थियो ।