ए डिभिजन लिगः ब्रिगेड ब्वाइजको पहिलो जित

मंसिर ७, काठमाडौँ । सहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारको पहिलो खेलमा बिग्रेड ब्वाइजले जित हात पारेको छ । 

सातदोवाटोस्थित एन्फा क्म्प्लेक्समा भएको खेलमा एपीएफलाई ३–१ गोलअन्तरले पराजित गर्दै बिग्रड ब्वाइजले पहिलो जित हात पारेको हो । 

ब्रिगेड ब्वाइजले ए डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जित हात पारेको छ। बिग्रेडले शुक्रबार एपीएफलाई ३-१ गोलअन्तरले पराजित गर्दै तीन अंक जोडेको हो। 

null

यसअघि पहिलो खेलमा मनाङ मस्याङ्दी क्लबसँग ३–१ र दोस्रो खेलमा थ्री स्टार क्लबसँग ५–१ ले पराजित भएको बिग्रेडले शुक्रबार पहिलो जित हात पारेको हो । ब्रिगेडलाई जित दिलाउन मनोज राई, ताजुदीन आदुलिनी र काजिम एडेलजोकले एक एक गोल गरे । 

खेलको ६० औं मिनेटमा रुप बहादुरले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाए । तर, खेलको ६३ औं मिनेटमा ब्रिगेडका मनोजले फ्रिकिकबाट गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । 

खेलको ६९ औं मिनेटमा ताजुदीनले गोल गर्दै ब्रिगेडलाई २–१ को अग्रता दिलाए भने ७५ औं मिनेटमा काजिमले गोल गर्दै ब्रिगेडलाई ३–१ को जित दिलाए । खेलमा ब्रिगेडका मनोज म्यान अफ दि म्याच चुनिए । 

जितसँगै ३ खेलमा ब्रिगेड ब्वाइजको ३ अंक भएको छ । एपीएफको भने यो पहिलो हार हो । एपीएफले पहिलो खेलमा बराबरी र दोस्रो खेलमा जित निकालेको थियो । एपीएफको ३ खेलबाट ४ अंक छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *