हात सुन्दर बनाउन यी घरेलु उपाय अपनाउँनुहोस्

हाम्रो अनुहारको सुन्दरता संगै हातको सुन्दरतामा पनी ध्यान दिनु पर्ने हुन्छ । अनुहारको सुन्दरता कायम राख्न अनेक उपाय अपनाउने कतिपय व्यक्ति हातगोडाको सुन्दरतामा भने त्यती ध्यान नदिने हुन्छ । अनुहारको सुन्दरता जती जरुरी हुन्छ हातको सुन्दरता पनी त्यती नै जरुरी हुन्छ । 

घाम र धुलोले अनुहारको सुन्दरता संगै हातको सुन्दरतालाई पनि बिगारी दिन्छ ।  जाडो मौसममा झन् अनुहार सँगै हातहरु फुट्ने र फुस्रो हुने बढी सम्भावना हुन्छ । केही घरेलु उपाय तल दिएका छन् जस्ले तपाईको हातलाई सुन्दर अनि चम्किलो बनाउँनेछ । 

काँचो दूधहातको छालाको रंग सफा गर्न तथा चम्किलो बनाउन काँचो दूध निकै राम्रो हुन्छ । काँचो दूधले हातको छालामा मसाज गर्नुहोस्, केही दिनमै हात गोरो र सुन्दर देखिन थाल्छ । 

null

कागतीकागतीमा सिट्रिक एसिड पाइन्छ, जसले छालामा रहेको कालोपत्रलाई सफा गरिदिन्छ । कागतीको टुक्रालाई हातमा रगड्नुहोस्, छालाको रंग उज्यालो बन्छ । कागतीको रसमा नुन र सक्खर मिलाएर ‘स्क्रब’ गर्नु अझ राम्रो हुन्छ । 

गोलभेँडाको रसगोलभेँडाको रसमा थोरै कागतीको रस मिलाएर हातमा लगाउने । केहीबेर राम्रोसँग मसाज गर्ने । हप्तामा दुईपटक यो काम गर्नुहोस्, हातको छालाको रंगमा परिवर्तन आउँछ । 

आलुको रसकाँचो आलुको रस निकालेर हातमा लगाउने । लगभग २० मिनेटसम्म यसलाई हातमै रहन दिने र पछि पानीले धुने । एक हप्तामा दुई–तीनपटक यसो गर्दा हात उजेलिन थाल्छ । 

बेसनचनाको पिठो अर्थात् बेसनले हातको छालामा निखार ल्याउन मद्दत गर्छ । बेसनमा काँचो दूध या बेसार मिलाएर पेस्ट तयार गर्ने र हातमा लगाएर १५ मिनेटसम्म छोडिदिने । १५ मिनेटपछि धोएर हेर्नुहोस्, तत्काल छालामा फरकपन पाउँनुहुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *