उद्योगीहरुले व्यापारी मानसिकता राखेर ‘उल्टो बाटो’ लिएः मन्त्री यादव

मंसिर ९, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योगीहरुको सरकारलाई हेर्ने दृष्टिकोण ठीक नभएको बताएका छन् । 

उद्योग दिवसको अवसर पारेर आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् । 

‘उद्योगीहरुले सरकारको नीति, व्यवहार केही पनि ठीक नभएको भन्ने गरेका छन् । व्यापारी मानसिकता मात्रै बोकेर नहिँड्नुस् ।’ उनले भने । 

null

उद्योगीहरुले उद्योग स्थापनामा जोड नदिएर व्यापारी मानसिकता मात्रै राखेर ‘उल्टो बाटो’ लिएको मन्त्री यादवको आरोप छ । 

मन्त्री यादवले व्यापारीहरुले देशको भन्दा पनि आफ्नो मुनाफामा मात्रै ध्यान दिएको गुनासो गर्दै स्वदेशी उद्योगमा जोड दिएर अघि बढन उद्योगीहरुलाई आग्रह गरे । 

उद्योग सञ्चालनका लागि आवश्यक वातावरण नबनेको भनेर उद्योगीहरुले अन्तराष्ट्रिय लगानी आउने वातावरण पनि बिगार्ने गरेको मन्त्री यादवको दावी छ । 

मन्त्री यादवले स्वदेशी बस्तुकाे उत्पादनमा उद्योगीहरुले जोड दिए त्यसका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *