डी मारिया २०२१ सम्म पिएसजीमै रहने

एजेन्सी । अर्जेन्टिनाका स्ट्राइकर एन्जल डी मारिया सन् २०२१ सम्म फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मै रहने भएका छन्  । 

डी मारियाले क्लब पिएसजीसंग थप तीन बर्षको लागि सम्झौता नवीकरण गरेका छन् । सम्झौतासंगै डी मारिया सन् २०२०/२०२१ को सिजनको अन्त्यसम्म लिग वान च्याम्पियन पिएसजीमै रहने छन्  ।   

सम्झौतापछि ३० बर्षीय डी मारियाले क्लबसंगको नयाँ सम्झौताबाट खुसी रहेको बताए । 

null

‘म धेरै खुसी छु,’ सम्झौतापछि डि मारियाले भनेका छन्, ‘पछिल्ला तीन बर्ष पिएसजीको यात्रा निकै सुन्दर रह्यो । मैले अझै राम्रो फुटबल खेल्न आवश्यक छ ।’  

डी मारिया सन् २०१५ मा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट क्लब आएका थिए । पिएसजीबाट डी मारियाले दुई पटक लिग वान जितेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *