१५ औं डिपो कप मंसिर १६ गतेबाट

धरान, मंसिर ४ । १५ औँ ललित–अम्बर डिपो कप फुटबल प्रतियोगिता आगामी मंसिर १६ गते देखि २४ गतेसम्म आयोजना हुने भएको छ । 

आयोजक डिपोट उच्च मा.वि.ले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगितामा सुनसरी जिल्ला भरीका संस्थागत विद्यालयहरुलाई समावेश गरिएको आयोजक तथा विद्यालयका प्राचार्य राजकुमार राईले जानकारी दिए । 

‘प्रतियोगितामा कुल १६ वटा टिमको सहभागिता रहनेछ ।’ प्रतियोगितामा धरान इटहरी, तथा तरहराका बिभिन्न विद्यालयहरुबाट खेलाडी आउने पत्रकार सम्मेलनमा राईले जानकारी दिए । यो संस्करणको बिजेताले रनिङ शिल्डसहित नगद पुरस्कार १० हजार पाउँनेछ भने उपबिजेताले नगद ५ हजार र तृतीयले नगद ३ हजार पाउनेछ । यस अघिका संस्करणहरुमा भने बिजेताले ७ हजार, उपविजेता र तृतीय हुने टिमले क्रमशः ५ हजार र ३ हजार नगद पुरस्कार पाउँने गरेको थियो । 

null

यसैगरी, प्लेट च्याम्पियनशिप तर्फ पनि पुरस्कार बढाएर बिजेतालाई शिल्डसहित ३ हजार र उपबिजेतालाई २ हजार दिइने भएको छ । बिगतका प्रतियोगिताहरुमा भने प्लेट च्याम्पियनशिपको राशी बिजेता र उपबिजेतालाई क्रमशः २ हजार र एक हजार थियो । 

प्रतियोगितामा सहभागी विद्यालयका खेलाडी कक्षा ५ सम्मका मात्रै हुनुपर्ने, उचाई ४ फुट १० इञ्च उचाई र उमेर १२ बर्षमुनिका मात्रै हुनुपर्ने मापदण्ड बनाइएको पनि प्राचार्य राईले जानकारी दिए । प्राचार्य राईले यसपटक ३ लाख ७२ हजार ३ सय ९४ रुपैँया खर्च हुने अनुमान गरिएको बताए । डिपो कपको सबै खेलहरु डिपो स्कुलको खेल मैदान धरान १८ मा हुनेछ । 

सोही पत्रकार सम्मेलनमा कक्षा ५ सम्मका बालबालिकाहरु भित्र लुकेर रहेको प्रतिभालाई खेलकुदको माध्ययमबाट प्रस्फुटन गराउने उदेश्यले गर्न लागेको सो प्रतियोगीताका लागी सोही विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी समय महतेले तयार पारेको सो डिपो कपको लोगो समेत सार्बजनिक गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *