रुस्लान थ्री स्टारले एनआरटीलाई हरायो

मंसिर १०, काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गतको खेलमा एनआरटीलाई हराउँदै रुस्लान थ्री स्टारले जित हात पारेको छ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो खेलमा थ्री स्टारले एनआरटीलाई २–० गोल अन्तरले हराउँदै जित हात पारेको हो । 

थ्रीस्टारलाई जित दिलाउन खेलको ७४ औं मिनेटमा रञ्जितले पेनाल्टीबाट गोल गरे । त्यस्तै खेलको अतिरिक्त समयमा अजयी मार्टिन्सले गोल गर्दै थ्रीस्टारलाई २–० गोलको जित दिलाएका हुन् । 

null

पहिलो हाफ गोल रहित बराबरीमा सकिएपछि दोस्रो हाफमा थ्री स्टारले गोल गर्न सफल भएको हो । 

स्टार ४ खेलबाट ९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *