डर्टमण्डको जित, वायर्न बराबरीमा

एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा शीर्ष स्थानमा बोरुसिया डर्टमण्डले जित निकालेको छ । शनिबार भएको खेलमा डर्टमण्डले मैन्जलाई २ – १ ले पराजित गरेको हो ।  

मैन्जको मैदानमा डर्टमण्डलाई जित दिलाउन पाको अल्कासर र लुकास्जले एक एक गोल गरे । मैन्जका रोबिन क्वीसन एक गोल फर्काए ।  

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६६ औं मिनेटमा अल्कासरले गोल गर्दै डर्टमण्डलाई सुरुवाती अग्रता दिलाए । खेलको ७० औं मिनेटमा रोबिनले गोल गर्दै मैन्जलाई खेलमा फर्काए । तर, खेलको ७६ औं मिनेटमा लुकास्जले गोल गर्दै डर्टमण्डलाई २ – १ को जित दिलाए ।  

null

जितसंगै डर्टमण्डले १२ खेलबाट ३० अंक जोडेको छ । र, शीर्ष स्थानमा यथावत रहेको छ ।  पराजित मैन्ज १५ अंक जोडेर दशौं स्थानमा छ ।  

डर्टमण्डले जित निकाल्दा साविकको विजेता वायर्न म्युनिख भने बराबरीमा रोकिएको छ । अन्तिम समय सम्हालिन नसक्दा वायर्नले फोर्टुनासंग ३ – ३ गोलको बराबरी खेलेको हो । 

 

फोर्टुनाले घरेलु टोली वायर्नले लिएको २ – ० को अग्रता उल्टाएर बराबरी खेलेको हो । फोर्टुनाका लागि डोडी लुकेबाकियोले ह्याट्रिक गरे ।  

वायर्नका लागि थोमस मुलरले दुई तथा निकलस सुलेले एक गोल गरे ।  

यो बराबरीसंगै वायर्नले १२ खेलबाट २१ अंक जोडेको छ ।  वायर्न लिगको पाँचौ स्थानमा छ ।  फोर्टुना ९ अंक जोडेर लिगको १७ औं स्थानमा छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *