वडा नं. १ लाई पाखा लगाउँदै दुहवी ८ क्वाटर फाइनलमा

कात्तिक ३०,दुहवी । सुनसरीको दुहवीमा जारि नगर स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको शुक्रवार भएको दोश्रो खेलमा दुहवी वडा नं. ८ विजयी भएको छ । वडा नं. ८ ले दुहवी वडा नं. १ लाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पाखा लगाउँदै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
पहिलो हाफ सम्म दुवै तर्फ बाट कुनै गोल भएन भने, दोश्रो हाफ पनि गोल रहित टुङ्गिएपनि खेल अतिरिक्त समयमा गएको थियो । तर, अतिरिक्त समयमा पनि दुवै टिमले जित निकाल्न सकेनन् र खेल टाइब्रेकरमा गएको थियो ।
null
टाइब्रेकरमा दुहवी वडा नं. १ का सुरेन खवास र आशिक मियाँ गोल गर्नबाट चुँके । पेनाल्टीमा दुहवी वडा नं. ८ का दिनेश राई, नवराज माझी, रमेश राजवंशी र सिसम चौधरीले गोल गर्दै आफ्नो टिमलाई क्वाटर फाइनलमा प्रवेश गराए । खेलको म्यान अफ दि म्याच दुहवी वडा नं. ८ का गोल रक्षक सुजित चौधरी भए ।
कार्तिक २९ गते देखि मंसिर १० गते सम्म हुने मेयर कप फुटबल प्रतियोगितामा विजेता टिमले नगद ५१ हजार कप तथा मेडल प्रमाणपत्र यसैगरि उपविजेताले २५ हजार तथा कप, मेडल प्रमाणपत्र पाउनेछन् । भोली शनिबार हुने तेश्रो खेल दुहवी वडा नं. ४ र दुहवी वडा नं. ११ का विच हुने छ ।








