चितवन फाइनलमा प्रवेश, काठमाडौँ ६ विकेटले पराजित

कात्तिक १८, पोखरा । पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिग अन्तर्गत आइतबारको पहिलो खेलमा चितवन राइनोज फाइनलमा प्रवेश गरेको छ । 

आइतबारको एलिमिनेटरको खेलमा चितवन राइनोजले हुलास काठमाडौँ रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । 

काठमाडौंले दिएको ९५ रनको सामान्य लक्ष्य पछ्याएको चितवनले १८.२ बलमा ४ विकेटको क्षतिमा पूरा गर्यो । 

null

चितवनका लागि स्मित पटेलले ३८ रन बनाए । उनले ४३ बलमा ३ चौका प्रहार गरे । ओपनर हरिशंकर साहले २६ रन जोडे । उनले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरे । आरिफले नटआउट २० र सनी पटेलले नटआउट ६ रन बनाए । 

त्यस्तै ओपनर अनिल साह र पारस खड्काले १–१ रन बनाए । 

बलिङमा काठमाडौंका सुसन भारीले ३ विकेट लिए। उनले ४ ओभरमा १८ रन खर्चिए। पवन सराफले १ विकेट हात पारे। 

अब उपाधिका लागि चितवनले पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल आगामी मंगलबार पोखरा मैदानमा बिहान ११ बजे हुनेछ। लिग चरणको शीर्ष स्थानमा रहदै पोखरा यसअघि नै फाइनलमा पुगेको थियो। 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरसकिन ३ बल बाँकी छँदा सबै विकेटको क्षतिमा ९४ रनमा सिमित भयो । 

काठमाडौंका लागि कुनै पनि खेलाडिले राम्रो प्रदर्शन गर्न नसकेको अवस्थामा कप्तान ज्ञानेन्द्र मल्लले ३० रन बनाए । उनले ३५ बलमा २ चौका प्रहार गरे । जयकृशन कोल्सवालाले २५ रन बनाए । उनले ३७ बलमा २ चौका प्रहार गरे । 

काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र र कोल्सवालाबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । 

बलिङमा सनी पटेलले ३ विकेट लिन सफल भए। उनले ४ ओभरमा १९ रन खर्चिए। स्मित पटेल र भुवन कार्कीको नाममा २(२ विकेट रह्यो। पारस खड्का र करण केसीले १–१ विकेट हात पारे। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *