इन्टर कलेज प्लसटु फुटसल प्रतियोगीता हुने

मंसिर १२, काठमाडौं । सिजन मिडियाले यस वर्षदेखि काठमाडौं ललितपुर तथा भक्तपुरका दश जोड दुईमा अध्ययनरत विद्यार्थीहरुलाई मध्यनजर राख्दै अन्तर कलेज प्लसटु फुटसल प्रतियोगीता आयोजना गर्ने भएको छ ।  

उक्त प्रतियोगीतामा सहभागीताको लागि कक्षा ११ वा १२ मा अध्ययनरत छात्रहरुको ८ जनाको समुहले सिजन मिडियाको कार्यालयमा आएर आवेदन फारम भर्न सकिने व्यवस्था रहेको संस्थाका कार्यक्रम व्यवस्थापक रेजिना तुलाधरले जानकारी दिइन् । 

उक्त प्रतियोगीतामा प्लसटुमा अध्ययनरत विद्यार्थीहरुले कलेजको परिचयपत्र तथा एक प्रति पासपोर्ट साइजको फोटो र रु ७ हजार रुपैया तिरेर पौष २० गते सम्म आफ्नो कलेजको फुटसल टिम दर्ता गर्न सक्नेछन् । उक्त प्रतियोगीताको उद्घाटन पौष २३ गते हाडिगाउँ स्थित धर्नाेन्तरी फुटसल मैदानमा हुने बताइएको छ । प्रतियोगिता एकहप्ता सम्म सञ्चालन हुने छ ।  

null

उक्त प्रतियोगीतामा ६० देखि ७५ कलेजको खेलाडीहरुको सहभागी हुने दावि गरिएको छ । प्रतियोगीतामा प्रथम हुनेले एक लाख नगद, ट्रफि, मेडल तथा प्रमाणपत्र पाउनेछन । दोस्रो हुनेले रु ५० हजार नगद ट्रफि, मेडल तथा प्रमाणपत्र पाउनेछन् । भने, तृतिय हुने टिमले रु २५ हजार नगद साथै ट्रफि, मेडल तथा प्रमाणपत्र पाउनेछन । 

प्रतियोगीतामा सबैभन्दा वढी गोल गने उत्कृष्ट खेलाडीलाई पनि रु ५ हजार नगद तथा सम्मानपत्र प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष प्रदिपराज वन्तले जानकारी दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *