पीपीएल क्रिकेट: अन्तिम दुई खेल हुँदै, फाइनल र प्ले अफ पुग्ने टोलीको टुंगो लाग्ने

पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (शनिबार) लिग चरणको अन्तिम दुई खेलहरु हुँदैछ । 

पोखरा रंगशालामा आज हुने पहिलो खेलमा हुलास काठमाडौं रोयल्सले घरेलु टोली पोखरा पल्टनको सामना गर्नेछ । ज्ञानेन्द्र मल्लको काठमाडौं शरद भेषवाकरको पोखराबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।  

यस्तै दोस्रो खेलमा पारस खड्काको चितवन राइनोज र सन्दीप लामिछानेको विराटनगर टाईटन्सबीच प्रतिस्पर्धा हुँदैछ । चितवन र विराटनगरबीचको खेल अपरान्ह १:१५ मा सुरु हुनेछ ।  

null

पीपीएल अन्तर्गत आज हुने दुई खेलसंगै फाइनल, प्ले अफ र प्रतियोगिताबाट बाहिरिने टोलीको टुंगो लाग्नेछ । अहिलेको स्थितिमा ६ टिमकै फाइनल र प्ले अफ पुग्ने उत्तिकै सम्भावना रहेको छ । प्रतियोगिताको शीर्ष टिम सिधै फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रोले एलिमिनेटर (प्ले अफ) खेल्नेछ । 

फाइनल र प्ले अफ होड रोमान्चक बनेको पीपीएलमा समूह चरणको अन्तिम खेलअघि काठमाडौं शीर्ष स्थानमा छ । काठमाडौंले ४ खेलबाट ६ अंक जोडेको छ । र, आज पोखरालाई हराउन सके काठमाडौंले सिधै फाइनल यात्रा तय गर्नेछ ।  

तेस्रो स्थानको पोखराले ४ खेलबाट ४ अंक जोडेको छ । पोखरा आज काठमाडौंलाई हराएर प्ले अफ पुग्न चाहन्छ । 

यस्तै लिग चरणको पाँचै खेल खेलेको एक्स्पर्ट धनगढी दोस्रो स्थानमा छ । धनगढीले ५ खेलबाट ६ अंक जोडेको छ । धनगढीको पनि प्ले अफ र फाइनल सम्भावना उत्तिकै छ । तर, धनगढीका लागि अन्य खेलको नतिजाले केहि फरक पर्नेछ । 

अंक तालिकामा चितवनले ४ खेलबाट ४ अंक जोडेको छ । चितवनको पनि फाइनल र प्ले अफ सम्भावना बलियो छ । चौथो स्थानमा रहेको चितवनले आज विराटनगरलाई पराजित गरेमा उसको ६ अंक हुनेछ । 

विराटनगरको भने प्ले अफ सम्भावना कम छ । ४ खेलबाट २ अंक जोडेको विराटनगरलाई प्ले अफ सम्भावना कायम राख्न चितवनलाई हराउनु पर्नेछ । लिगको पुछारमा रहेको विराटनगरलाई चितवनविरुद्ध फराकिलो जितको खाँचो छ । 

लिगको पाँचौ स्थानमा रहेको बुटवल ब्लास्टर्सको पनि प्ले अफ सम्भावना रहेको छ । बुटवलले पाँच खेलबाट ४ अंक जोडेको छ । तर, बुटवलका लागि अन्य टोलीको नतिजा आफु अनुकुल आउनु पर्ने हुन्छ । 

आज हुने खेलमा पोखरा र चितवनले फराकिलो हार व्यहोरेमा बुटवल रन रेटमा अघि रहदै प्ले अफ पुग्ने सम्भावना रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *