म्यानचेस्टर सिटीको फराकिलो जित,जिससको ह्याट्रिक

एजेन्सी । यूएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिश क्लब म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । बुधबार राति भएको समूह चरणको खेलमा सिटीले युक्रेनी क्लब शख्तर डोनट्स्कलाई ६ – ० ले पराजित गरेको हो ।  

घरेलु मैदानमा सिटीलाई जित दिलाउन ग्रबियल जिससले ह्याट्रिक गरे । यस्तै डेभिड सिल्भा, रहिम स्ट्रर्लिङ र रियाद महारेजले एक एक गोल गरे । च्याम्पियन्स लिगमा सिटीले पहिलो पटक फराकिलो जित निकालेको हो ।  

 

null

इतिहाद स्टेडियममा एकतर्फी खेल खेलेको सिटीले खेलको १३ औं सिल्भाको गोलबाट अग्रता बनाएको थियो । खेलको २४ औं मिनेटमा जिससले पेनाल्टीमा गोल गर्दै सिटीको अग्रता २ – ० को बनाए । 

दोस्रो हाफमा सिटीले थप चार गोल गर्यो ।  खेलको ४९ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीको अग्रता ३ – ० को बनाए । ७२ औं मिनेटमा जिससले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीको अग्रता ४ – ० मा पुग्यो । 

८४ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई ५ – ० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा जिससले ह्याट्रिक पुरा गर्दै सिटीलाई ६ – ० को फराकिलो जित दिलाए । 

 

जितसंगै समूह ‘एफ’ को शीर्ष स्थानमा रहेको सिटीले ४ खेलबाट ९ अंक जोडेको छ । तर, सिटीले नकआउट चरणमा स्थान भने बनाउन सकेन । सिटीले अर्को खेल कुर्नुपर्ने भएको छ । 

यसै समूहको अर्को खेलमा फ्रेन्च क्लब लियोन र जर्मन होफेनहाईमले २ – २ को बराबरी खेलेपछि सिटीको नकआउट चरण यात्रा अर्को खेलसम्म लम्बिएको हो । 

लियोन ६ अंक जोडेर दोस्रो र होफेनहाईम ३ अंक जोडेर तेस्रो स्थानमा छ । सिटीसंग फराकिलो पराजय व्यहोरेको डोनट्स्क २ अंक जोडेर पुछारमा छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *