जे.टि क्रिकेट कप शनिबारबाट, उद्घाटन खेलमा जे.टि र आर एमई भिड्ने

कात्तिक ३०, बौनिया । चौँथो संस्करणमा सञ्चालन हुने जे.टि क्रिकेट कप प्रतियोगिता शनिबारबाट सुरु हुने भएको छ । बर्दगोरिया गाउँपालिका वडा नं ४ स्थित मुडा बजार खेल मैदानमा उक्त प्रतियोगिता हुने भएको हो । 

चौँथो संस्करणमा हुने प्रतियोगिताको तयारी पुरा भइसकेको शुक्रबार पत्रकार सम्मेलनमा मुल कमिटी संयोजक तथा जे.टि स्कुलका संस्थापक एकेन्द्र मल्लले बताए । प्रतियोगिताले खेलाडिलाई राष्ट्रसम्म पुग्न सहयोग पुर्याउने उद्देश्यका साथ प्रत्येक वर्ष सञ्चालन गरेको उनले जानकारी दिए । 

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ट्रफि पनि सार्वजनिक गरिएको छ । हाइवे क्षेत्रकै विद्यालय स्तरमा हुने सबैभन्दा ठुलो धनराशिको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक जे.टि र आर एम ई टिकापुर प्रतिस्पर्धा गर्ने छन् । 

null

बिहान १० बजेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलिराम डगौरा थारुले गर्ने कार्यक्रम तय भएको सह संयोजक मनोज पन्तले जानकारी दिएका छन् । 

 

सहभागी विधालयलाई विभिन्न ४ समुहमा विभाजन गरिएको छ । प्रत्येक समुहबाट २–२ विद्यालय गरि ८ विधालय क्वाटर फाइनल प्रवेश गर्नेछन् । 

प्रतियोगितामा टिकापुरबाट १, लम्किबाट १० र बौनियाका ५ विधालय गरि जम्मा १६ टिमको सहभागिता रहने छ । प्रतियोगिताको विजेताले नगद ६१ हजार १ सय ११ र उप–विजेताले नगद ३१ हजार १ सय ११ मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

प्रतियोगिता अन्तर्गत मंसिर २ गते बिहान नमुना लम्की र नव बालबाटिका बौनिया प्रतिस्पर्धा गर्ने भएका छन् । यसैगरि प्रतियोगिता अन्तर्गत २ गते ११ बजे उज्यालो लम्की विरुद्ध गुरुकुल लम्की र २ गतेकै अन्तिम खेल सर्बोदय गप्काका र जनजागृती चौरीबिच खेल हुने प्रिन्सिपल मनोज पन्तले जानकारी दिए । 

त्यस्तै प्रतियोगितामा उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट बलर, उदयमान खेलाडिका साथै म्यान अफ द सिरिजलाई पनि नगद सहित ट्रफिको व्यवस्था रहेको आयोजकले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *