बच्चाहरुको बौद्धिक विकासका लागि अति आवश्यक पौष्टिक तत्वहरु

बच्चाहरुको  शारीरिक विकास सँगै मानसिक विकास हुनु पनी जरुरी हुन्छ । मानसिक विकास पनि स्वस्थ र पौष्टिक आहारमा भर पर्छ । यदि बच्चाको आहारमा जरुरी सबै पौष्टिक तत्व छ भने मानसिक विकास पनि तीब्र रुपमा हुन्छ । 

सामान्यतथा व्यक्तिको बौद्धिक विकास ५ वर्षको उमेरसम्ममा हुन्छ । यस्तो अवस्थामा खानपानमा विशेष ध्यान दिनुपर्छ । । बच्चाको बौद्धिक विकासको लागि बिभिन्न प्रकारको पौष्टिक खाद्यन्नहरु खुवाउनु जरुरी हन्छ । बच्चाहरुको बौद्धिक बिकास गर्ने केही खानेकुरा तल दिएका छन् । 

 

null

हरियो सागसब्जी 

बच्चाको दिमागको विकासका लागि हरियो सागसब्जी खुवाउनुपर्छ । बच्चालाई ६ महिनापछि ठोस आहार दिइन्छ । त्यसपछि उसलाई खानामा पालुंगो, बन्दा जस्ता पदार्थ दिन सकिन्छ । यिनमा ओमेगा ३ फ्याटी एसिड पाइन्छ। 

ओखरओखर खानाले पनि दिमाग तेज हुन्छ । ओखरलाई बिहान नास्ता या दिउँसोको खानामा समावेश गर्न सकिन्छ । यसमा ओमेगा ३ फ्याटी एसिडका अलावा फाइबर, भिटामिन बी, म्याग्नेसियम र एन्टी अक्सिडेन्ट अधिक मात्रामा पाइन्छ । यसैले बच्चाको खानामा यसलाई समावेश गर्नुपर्छ । बच्चालाई किसमिस, बदाम पनि खुवाउन सकिन्छ। 

माछा९ महिनाको उमेरपछि बच्चालाई मासु र माछा पनि खुवाउन सकिन्छ । बच्चाको दिमागको पूर्ण विकासका लागि माछा खुवाउनाले ओमेगा ३ फ्याटी एसिड पाइन्छ । यसैले गर्भावस्थाकै क्रममा आमालाई माछा खुवाउनुपर्छ। 

दूध र दहीबच्चाको दिमागी विकासका लागि दूध र दही दिन सकिन्छ । दहीले दिमागको कोषलाई लचिलो बनाउँछ र यसले संकेत लिने र त्यसमा तत्काल प्रतिक्रिया जनाउने क्षमता बढ्छ । चिल्लोरहित दूध प्रोटिन, भिटामिन डी र फस्फोरसको भण्डार पनि हो, जो दिमागका लागि जरुरी हुन्छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *