दक्षिण अफ्रिकाविरुद्ध अस्ट्रेलियाको रोमाञ्चक जित

दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै अस्ट्रेलियाले तीन एकदिवसीय क्रिकेट शृङ्खलामा १–१ को बराबरी गरेको छ । 

शुक्रबार भएको दोस्रो खेलमा २३२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२४ रनमात्रै बनाउन सक्यो । 

उसका लागि डेभिड मिलरले ५१ रन बनाउँदा फाफ डु प्लेसिसले ४७ रन जोडे । दक्षिण अफ्रिकी टोलीलाई सस्तैमा समेट्न अस्ट्रेलियाका मार्कस स्टोनिसले ३ विकेट लिए । 

null

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ४८ ओभर ३ बलमा सबै विकेट गुमाएर २३१ रन मात्रै बनाएको थियो । अस्ट्रेलियाका लागि आरोन फिन्चले ४१ रन बनाउँदा क्रिस लिनले ४४ रन तथा अलेक्स क्यारीले ४७ रनको योगदान दिए । 

दक्षिण अफ्रिकाका कागिसो रबडाले ४ विकेट लिए । 

अस्ट्रेलियाको जितसँगै तीन खेलको एकदिवसीय शृङ्खला १–१ को बराबरीमा पुगेको छ । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *