‘ए’ डिभिजन लिगको तेस्रो चरणको खेल आज सुरु हुदै, मनाङ र थ्री स्टार खेल्ने

काठमाडौं । पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणको खेल आज सुरु हुदैछ । तेस्रो चरणको खेलको सबैभन्दा रोमाञ्चक भिडन्तमा सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब र रुस्लान थ्री स्टार क्लबले खेल्नेछन् । 

घरेलु फुटबलको सबैभन्दा ठुलो खेलले एकहदसम्म लिगको आगामी अंक गणितिय समिकरणका बिषयमा धेरै चिज बोल्नेछ । दुवै टोली प्रतियोगितामा अपराजित छन् । 

थ्री स्टारले प्रतियोगिताको लय समात्दै गर्दा मनाङलाई भने स्टार खेलाडीको चोटले सताएको छ । दुई क्लबबीचको भिडन्त दिउँसो साढे २ बजे सुरु हुनेछ । लिगको शीर्ष स्थानमा रहेको थ्री स्टारको २ खेलबाट ६ अंक छ । समान अंक भएपनि गोल अन्तरका आधारमा मनाङ दोस्रो स्थानमा छ । 

null

बिहिबार हुने पहिलो खेलमा च्यासल युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । एन्फा कम्प्लेक्समा बिहान ११ बजे सुरु हुने खेलमा दुवै टोली पहिलो जितको खोजिमा हुनेछन् । 

दुवै टोलीले एक खेलमा बराबरी र एक खेलमा हार ब्यहोर्दै तालिकाको पुछार तिर छन् । च्यासल नवौ स्थानमा रहदाँ एनआरटी १० औ स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *