बर्दगाेरिया सेती लाेक मार्ग खुल्ला फुटबल प्रतियाेगिताकाे सेमिफाइनल समिकरण पुरा

कात्तिक १७, बाैनिया । सरस्वति एग्राे इण्डष्ट्रिज चाैथाे बर्दगाेरिया सेती लाेक मार्ग खुल्ला फुटबल प्रतियाेगिता २०७५ काे सेमिफाइनलमा समिकरण शनिबार पुरा भएको छ । शुक्रबार दुई टिम सेमिफाइनलमा पुगि सकेका छन भने आज थप दुई टिम सेमिफाइनलमा पुगे सँगै सेमिफाइनल समीकरण पुरा भएको हो ।  

शनिबार भएको पहिलाे क्वाटरफाइनल खेलमा अायाेजक सडकपुर बाैनिया यूवा क्लब ए लाई ७/१ गाेल अन्तरले हराउँदै जि .एच .आर. टिकापुर सेमिफाइनल पुग्न सफल भएको हाे ।  

टिकापुरकाे जितमा चेतन कठायतले ४, भरत शाहले २ र रोशन खत्रीले १ गोल गरेका हुन। सडकपुर बौनिया युवा क्लब ए का तर्फबाट एकमात्र सान्तवना गोल कुमार मास्केले गरेका थिए ।  

null

यसै गरि प्रतियोगिता अन्तर्गत अन्तिम क्वाटरफाइनल खेलमा घोडाघोडी क्लब सुखड पि एफ ए अतरियालाई पेनाल्टी शुटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । आज भएको खेलमा दुबै टिमबाट गोल नहुँदा खेल पेनाल्टी शुट अाउटमा तय भएकाे थियाे । पेनाल्टीमा घोडाघोडि क्लबले ४ गोल गर्न सफल भयाे । पि एफ ए अतरियाका दुई खेलाडीले पेनाल्टी मिस गरे ।  

कार्तिक ८ गते बाट सुरु भएको प्रतियोगितामा आईतबार पहिलो सेमिफाइनल खेल हुनेछ । जसमा जि.एच .आर. एफ सि टिकापुर र हाईबे बाटिका एफ सि बिच हुने खेल संयोजक पुष्प भण्डारीले जानकारी दिए । प्रतियोगिता कार्तिक २० गते समापन हुने छ । प्रतियोगितामा जिल्ला भित्रका विभिन्न १९ वटा टिमहरुकाे सहभागिता रहेको छ । 

उक्त प्रतियाेगिताकाे प्रथम पुरस्कार नगद २ लाख, मेडल ट्रफि र प्रमाणपत्र रहेकाे छ । उपविजेताले नगद १ लाख, मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताकाे मुख्य प्रबर्दकमा बर्दगाेरिया गाउँपालिका रहेकाे छ । भने मुख्य प्रायोजक सरस्वति एग्राे इण्डष्ट्रिज रहेकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *