कोपा डेलरेमा बार्सिलोनाको कठिन जित

एजेन्सी । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा बार्सिलोनाले साँघुरो जित हात पारेको छ । 

बुधबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित लिओनेसालाई १ – ० ले हराएको हो । 

लिओनेसाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन क्लेमेन्ट लेङलेटले निर्णायक गोल गरे । लेङलेटले खेलको अन्तिम मिनेटमा गोल गर्दै पहिलो लेगमा बार्सिलोनालाई १ – ० को अग्रता दिलाएका हुन् । 

null

खेलको इन्जुरी समयमा सर्जियो मार्कुसले दुई पहेलो कार्डसहित रातो कार्ड पाउदा लिओनेसा १० खेलाडीमा समेटिएको थियो ।  

अब दुई टोलीबीचको दोस्रो लेग बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *