टि-१० लिगमा सन्दीपको खराब प्रदर्शन, केरलाको पराजय

काठमाडौं । युएईमा जारी टी–१० लिगमा सुरुका खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछानेले पछिल्ला खेलमा खराव प्रदर्शन गरेका छन् । बिहिबार सन्दीप सहभागी टीम केरला नाइट्सले अर्को हार ब्यहोरेको छ । नर्दन वारिवर्सले केरलालाई ८ विकेटले पराजित गर्यो । 

२ ओभर बलिङ गरेका सन्दीपले ४७ रन खर्चिंदा विकेट हात पार्न सकेनन् । चौथो ओभरमा २२ रन खर्चेका सन्दीपले सातौ ओभरमा २५ रन गुमाए । सन्दीपको टिमको यो सिजन ब्याटिङ समेत खराब रहेको छ । बिहिबार पहिले ब्याटिङ गरेको केरलालले निर्धातिर ओभरमा दुुई विकेट गुमाएर मात्रै १ सय १ रन जोड्न सक्यो । १ सय २ रनको लक्ष्य नर्दन वारिवर्सले ७ दशमलव २ ओभरमा मात्रै २ विकेट गुमाएर पुुरा गर्यो। 

नर्दन वारिवर्सका निकोलास पोरनले १८ बलमा विस्फोटक ब्याटिङ गर्दै नटआउट ४३ रन र आन्द्रे रसेलले २९ रन जोड्दै नटआउट रहे । 

null

केरलाका पाउल स्टर्लिङले २८ बलमा ६० र क्रिस गेलले १८ बलमा १४ रन बनाएर आउट भए । १३ बलको सामना गरेका इयान मोर्गान १७ रन मा नट आउट रहे । 

यसअघि, सन्दीपले पहिलो खेलमा पख्तुनविरुद्ध २ ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिएका थिए । र, उनी प्लेयर अफ दि म्याच समेत बनेका थिए । 

दोस्रो खेलमा सन्दीपले २ ओभर बलिङ गर्दै १४ रन खर्चिएर १ विकेट लिएका थिए । तेस्रो खेलमा सन्दीपले राजपुट्सविरुद्ध २ ओभर बलिङ गर्दै २३ रन खर्चेर २ विकेट लिएका थिए । 

पञ्जावविरुद्वको चौथो खेलमा उनले २ ओभर बलिङ गर्दै विना विकेट २८ रन खर्चेका थिए । 

यो हारसंगै सन्दीपको टिम केरलाको प्ले अफ सम्भावना कमजोर बनेको छ । सुपर लिगमा केरलाको यो दोस्रो हार हो । साविक विजेता केरलाको मात्रै ३ अंक छ । तालिकाको सातौं स्थानमा तथा पुच्छारबाट दोश्रो स्थानमा छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *