बार्सिलोनालाई हारबाट अन्तिम मिनेटमा डेम्बेलेले जोगाए

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकिएको छ ।  शनिबार राति भएको खेलमा बार्सिलोना एट्लेटिको मड्रिडसंग १ – १ गोलको बराबरीमा रोकिएको हो ।  

 

एट्लेटिकोको घरेलु मैदानमा अन्तिम समयमा गोल गर्दै बार्सिलोनाले अंक बाडेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा घरेलु टोलीले सुरुवाती अग्रता बनाएको थियो । 

null

खेलको ७७ औं मिनेटमा डिएगो कोष्टाले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए  । तर, बार्सिलोनाका लागि ओसुमाने डेम्बेले नायक बने । खेलको अन्तिम समय ९० औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाएका हुन् । घरेलु टोलीले भने अन्तिम समय सम्हालिन नसक्दा एक अंकमा चित्त बुझाएको छ । 

 

यो बराबरीसंगै बार्सिलोनाले शीर्ष स्थानको दुरी फराकिलो बनाउने मौका गुमाएको छ  ।  बराबरीपछि शीर्ष स्थानमा रहेको बार्सिलोनाले १३ खेलबाट २५ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिको बार्सिलोनाभन्दा एक अंकले पछि छ । एट्लेटिकोको १३ खेलबाट २४ अंक छ  । 

ला लिगा अन्तर्गत नै अर्को खेलमा भ्यालेन्सियाले रायो भालेकानोलाई ३ – ० ले पराजित गर्दा हुएस्का र लेभान्टेले २ – २ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *