बेल्जियमलाई पराजित गर्दै स्विटजरल्याण्ड नेसन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश

एजेन्सी । बेल्जियमलाई पराजित गर्दै स्विटजरल्याण्ड नेसन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । आईतबार राति हरिस सेफिरेभिकको ह्याट्रिकको सहयोगमा स्विटजरल्याण्डले बेल्जियमलाई ५–२ गोल अन्तरले पराजित गर्यो । 

थोगन हजार्डले १७ मिनेटको अन्तरमा २ गोल गर्दै बेल्जियमलाई उत्कृष्ट सुरुवात दिलाएपनि स्विटजरल्याण्डले खेलमा अविश्वसनिय पुनरागमन रच्यो । खेलको दोस्रो मिनेटमा बेल्जियमलाई अग्रता दिलाएका हजार्डले १७ औ मिनेटमा दोस्रो गोल गरेका थिए । 

तर २६ औ मिनेटमा रोड्रिग्वेजको गोलमार्फत खेलमा फर्किएको स्विस टोलीका लागि सेफिरेभिकले ह्याट्रिक गरे । ३१ औ मिनेटमा खेल बराबरीमा ल्याएका उनले ४४ औ मिनेटमा दोस्रो गोल गरेका थिए । खेल सकिन ६ मिनेट बाँकी छदाँ उनले ह्याट्रिक पुरा गरे । 

null

स्विस टोलीका लागि अर्को एक गोल निसो एलभिडीको नाममा रह्यो । जितसंगै स्विटजरल्याण्ड आगामी बर्ष जुनमा पोर्चुगलमा हुने प्रतियाेगिताकाे सेमिफाईनलमा प्रवेश गरेको छ । 

समुहमा स्विस टोलीले ४ खेलबाट ९ अंक जोड्यो । बेल्जियमको समान अंक भएपनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा रह्यो । आईसल्याण्ड अंक विहिन हुँदै रेलिगेसनमा पर्यो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *