महिनावारीको भएको बेला पेट दुख्नु राम्रो

हाम्रो उमेरसँगै हामीमा शारीरिक रुपमा बिभिन्न परिवर्तनहरु देखा पर्दछ । त्यस्तै एक परिवर्तन हो महिनावारी हुनु । जब छोरी मान्छेहरु बाल्य अवस्था पारगरी किशोरी अवस्थामा पुग्दछन् त्यती बेला देखिने परिर्वतन हो महिनावारी । छोरी मान्छेहरु महिनावारी हुनु प्राकृतिक नियम पनि हो । यो हरेक महिना हुने गर्दछ र हुनु पनि जरुरी छ । यदी हरेक महिना भएन भने डाक्टरलाई चेक गराउँनु पर्दछ । 

महिनावारी हुनु भनेको प्रजनन् क्षमताकोलागि योग्य हुनु भन्ने पनि बुझिन्छ । धेरैलाई महिनावारी हुने बेलामा पेट दुख्नेगर्छ । महिनावारी बारे आवश्यक ज्ञान नहुँदा असजिलो महसुस गर्नुका साथै अफ्ठेरो अवस्थाको समेत सामना गर्नुपरेको हुन्छ । 

प्रायःकिशोरीहरुमा १३–१४ वर्षदेखि १७–१८ वर्ष सम्मको समयमा महिनावारी नियमित हुने गरेको पाइँदैन। महिनावारीको समयमा कहिले–कसैलाई धेरै रक्तश्राव भइरहेको हुन्छ भने कसैलाई कम रक्तश्राव हुने गर्छ । तर, यो सामान्य प्रक्रिया हो। झण्डै चालिस प्रतिशत किशोरीमा यस्तो समस्या देखापर्छ । 

null

सुरुमा महिनावारी हुने बेलामा किशोरी अवस्थामा डिम्बाशयदेखि मष्तिस्कसम्मको पहुँच पूर्णरूपमा विकास भएको हुँदैन । त्यसले गर्दा महिनावारीका बेला विभिन्न समस्या आउने गर्छ । 

यस्तो बेलामा थाइराइडको समस्या छ कि छैन भनेर आवश्यक परीक्षण गराउनुपर्दछ । कुनै किशोरीलाई धेरै रक्तश्राव हुने गर्दछ त्यस्तो बेलामा उनीहरुको हेमोग्लोबिन अर्थात शरीरमा रगतको मात्रा कम भएको हुन्छ । यदि ४–५ दिन भन्दा बढी समयदेखि लगातार रक्तश्राव भइरहेको छ, दैनिक ३–४ वटा भन्दा बढी प्याड प्रयोग गर्नु परेको छ र आफ्नो नियमित काममा समस्या भएको छ भने यस्तो बेलामा तुरुन्तै बिशेषज्ञ चिकित्सक कहाँ पुगेर स्वास्थ्य परीक्षण गराई आवश्यक परामर्श लिनु जरूरी हुन्छ । 

महिनावारीको बेला पेट दुख्दैमा आत्तिहाल्नु पर्देन ।महिनावारी भएको बेलामा पेट दुख्नु सामान्य लक्षण हो । यस्तो बेलामा किशोरीहरू धेरै पेट दुख्ने समस्या लिएर आउने गरेका छन् किशोरी अवस्थामा महिनावारी हुँदा पेट दुख्नु नराम्रो लक्षण होइन । डिम्बाशयमा अण्डा बनेर फुट्ने क्रम चलिरहेको कारणले गर्दा पेट दुख्छ । जुन महिनामा अण्डा बन्ने र फुट्ने प्रक्रिया सुरु हुन्छ त्यो महिनामा बढी पेट दुख्ने गर्छ । 

यसले किशोरीलाई एकदमै धेरै पीडा दिन्छ तर यो राम्रो संकेत हो। जुन किशोरीलाई महिनावारीको समयमा पीडा हुन्छ त्यस्ता किशोरीको प्रजनन क्षमता राम्रो हुन्छ, त्यसैले महिनावारीमा पेट दुख्नुलाई नराम्रो मान्नु हुँदैन। अण्डा बन्ने र फुट्ने प्रक्रिया नहुने महिलालाई महिनावारीको समयमा पीडा हुँदैन र महिनावारी समेत नियमित हुँदैन। त्यस्ता महिलाको दिर्घकालमा प्रजनन क्षमता त्यति सुखद् भएको पाइदैन। 

त्यसका लागि बेलैमा चिकित्सकसँग आवश्यक परामर्श र स्वास्थ्य परीक्षण गराएर भविष्यमा निम्तिन सक्ने जोखिमलाई हटाउन सकिन्छ। जुन महिलाहरूमा शुरुका दिनमा महिनावारीका बेला पेट नदुख्ने तर पछि पेट दुख्ने समस्या हुन्छ र रक्तश्राव बढी हुन थाल्यो भने त्यो रोगको लक्षण हो । त्यस्तो अवस्थामा तुरुन्तै बिशेषज्ञ चिकित्सकसँग परीक्षण गराउँनुपर्छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *