कर्मचारी अभावमा प्रदेश १ संसद सचिवालयमा भद्रगोल

मंसिर १४, विराटनगर । संघीय सरकारले जानकारी नै नदिई धमाधम कर्मचारी सरुवा गरिदिएपछि प्रदेश १ को संसद सचिवालय भद्रगोल अवस्थामा पुगेको छ । आवश्यक पर्ने कर्मचारीकै अभाव झैल्दै आएको सचिवालयमा माथिल्लो दर्जाका कर्मचारीहरुको सरुवा हुने क्रम नरोकिदा सचिवालयको काम कार्वाही प्रभावित हुने भएको छ । 

गत असोज महिना यताबाट संसद सचिवालयमा उपल्ला तहका कर्मचारी नहुँदा अहिले अधिकृत तहका कर्मचारीबाट काम चलाउ रुपमा दैनिक प्रशासनिक काम हुँदै आएका छन् । संसद सचिवालयमा लामो समयदेखि सचिव पद रिक्त रहदै आएको थियो । 

सचिव डा. बासुदेव शर्मा सरुवा भएर आएको एक साता नबित्दै सरुवा भएपछि उनको स्थानमा संघीय सरकारले अर्का सचिवलाई संसद सचिवालयमा हालसम्म पठाएको छैन । सचिवको अनुपस्थितीमा उपसचिव लोकबहादुर भण्डारीले जिम्मेवारी सम्हाल्दै आएका थिए । 

null

 

संघीय सरकारले संसद सचिवालयलाई जानकारी नदिई उपसचिव भण्डारी र अर्का उपसचिव विश्वरुप दाहाललाई सरुवा गरेपछि सचिवालय पनि उपसचिव विहिन बन्न पुगेको छ । संसद सचिवालमा कानुन उपसचिवको पद रहेपनि हालसम्म कानुन सचिव संघीय सरकारले पठाउन सकेको छैन । 

 

गएको दशैं यतामात्र लेखा अधिकृत र स्टोरकिपरको पदपनि रिक्त रहेको छ । लेखा अधिकृत दलवीर राई भ्रष्ट्राचार अभियोगमा निलम्बनमा परेपछि उनको पद रिक्त हुन पुगेको संसद सचिवालले जनाएको छ । 

त्यसैगरी स्टोर किपर संजीव राईलाई पनि संघीय सरकार अन्तर्गतको सामान्य प्रशासन मन्त्रालयले १९ कात्तिकमा सरुवा गरिदिएपछि संसद सचिवालमा स्टोरकिपरको पदपनि खाली हुन पुगेको छ । संसद सचिवालयका अनुसार दशैं यताको बिदा सकिएलगतै अहिले अधिकृत पदका त्रय हरि खत्री, अम्बिका प्रसाद नेपाल र कानुन अधिकृत मञ्जु खड्का मात्र रहेका छन । त्यसभन्दा माथिको सबै पद रिक्त छन् । 

 

संसद सचिवालयका सुचना अधिकृत अम्बिकाप्रसाद नेपालले संसद सचिवालमा अधिकार प्राप्त अधिकारीको अभावमा ठूला निर्णय र आर्थिक क्रियाकलापसँग जोडिएका विषयवस्तुसँगको काम कार्वाही बन्द हुन पुगेको जानकारी दिए । 

उनले भने ‘महत्वपूर्ण निर्णयका कुराहरु अनि आर्थिक काम बन्द छन् । अधिकार प्राप्त कर्मचारीहरु नहुँदा निर्णय गर्ने कुरा र आर्थिकसँग जोडिएका कुरा लगभग सबैनै बन्द छन् । सामान्य प्रशासनिक कामहरु मात्र भइरहेको छ ।’ 

प्रदेश नं. एकका सभामुख प्रदीपकुमार भण्डारीले संघीय सरकार गम्भिर नहुँदा संसद सचिवालय जस्तो कार्यालयमा कर्मचारी अभाव झेल्नु पर्दा समस्या भएको बताए । 

 

सभामुख भण्डारीले कर्मचारी अभावका कारण भएको समस्याका बारेमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र सचिवलाई जानकारी गराएपनि अहिलेसम्म कर्मचारी नपठाएको बताए । उनले भने ‘चाँडो भन्दा चाँडो कर्मचारी पठाइदिनुपर्छ म त्यसमा क्रियाशिल छु । लागि रहेको छु । फोनबाट पनि कर्मचारी पठाउन सम्पर्क गरिरहेको र भनिरहेको छु । आफँ गएर पनि भनेको छु । यस विषयमा संघिय सरकार गम्भीर हुनुपर्छ ।’ 

सभामुख भण्डारीका अनुसार प्रदेश सरकारले हिउँदे अधिवेशन पुस महिनाको पहिलो साता बोलाउने तयारी गरिरहेको अवस्थामा संसद सचिवालय नै सचिवविहिन हुँदाको अहिलेको अवस्थाले प्रदेश सभाको बैठक पनि प्रभावित हुने देखिएको छ । 

यसअघि पनि गत फागुन २८ गते प्रदेशसभा सचिवालयको जिम्मेवारी लिएर सचिव केदार प्रसाद पनेरू आएका थिए । उनको पनि केही महिना संसद सचिवालयमा काम गरेपछि सरुवा भएको थियो । त्यसपछि सचिव वासुदेव शर्मा पौडेल आएपनि उनले कार्यभार नसम्महाल्दै प्रदेश नं. दुईमा सरुवा भएर गएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *