विश्व दम रोग दिवसको अवसरमा साताव्यापी सचेतना अभियान जारी

धरान, मंसिर ६। स्वास्थ्य क्षेत्रको आयामाको रुपमा रहेको बिभिन्न दिवस र तिनीहरुको अवसरमा सामाजिक काम गर्दै आएका विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित रहेको ईन्टरनल मेडिसिन बिभागले दम रोगीमा जनचेतना जगाउने उदेश्यले साताब्यापी जनसचेतना अभियान सञ्चालन गरेको छ । 

प्रतिष्ठानको जिओपीडि अगाडी बिरामी चेकअप हेल्थ क्याम्पको समेत आयोजना गरी सो अभियान सुरु गरेको हो । बर्षेनी प्राणघातक रोग लाग्दै आएको र दम पनि एक प्राण घातक रोग भएकाले सचेत रहन जनमानसमा यस्तो सचेतना फैलाउने कार्यक्रमको आयोजना गरिएको दम रोग बिशेषज्ञ डा. दिब्य राज मिश्रले जानकारी दिए । 

 

null

कार्यक्रममा डा. मिश्रले दम एक निको नहुने रोग हो जुन लागेपछि निको हुन गाह्रो हुन्छ र जिवनभरीलाई नै सताईरहन्छ भने । यसबाट बच्ने उत्तम उपाय खैनी चुरोट नखानु, धुवाधुलोमा नजानु नै हो । यसका अलवा पनि जाडोको समयमा बिशेष ध्यान दिनुपर्नै डा. मिश्रले बताए । 

डा. मिश्रले दम रोगको सही उपचारका लागी नेपालमा विपीकोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक मात्रै रहेको समेत बताए । फोक्सो क्यासन सम्बन्धी सबै ठाउँमा रहेपनि दम रोगको उपचार विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै सम्भव हुने बताए । 

गत मंसिर ४ गतेबाट सुरु भई ११ गते सम्म चल्ने सो जनचेतना शिविरमा साईनोक्ट्री मेसिन मार्फत चेकजाँच गर्नुका साथै गम्भिर प्रकृतिका दमका बिरामीलाई बिभागमा नै लगेर उपचार पनि गर्ने गरिएको छ । 

बिशेष त बालबलिका तथा बृद्धबृद्धाहरुलाई लक्षित गरी गरिएको सो जनचेतना शिविरमा ५५ बर्ष माथिका दमका बिरामी ३५ देखी ४० प्रतिशत र ओपिडी उपचारमा ६० देखी ७० प्रतिशतको हाराहारीमा आउने गरेको समेत डा. मिश्रले जानकारी दिए । 

शिविरमा प्रतिष्ठानका जुनियर रेजिडेन्सीयल डाक्टरहरुले चेकअप गर्नुका साथै, नर्स तथा सिनियर डा. नरेन्द्र भट्ट , दिब्य राज मिश्र, तथा अचुतभक्त आचार्यको सहभागिता रहेको छ । 

यसैबिच बच्चाको मृगौला र पिसाबमा देखिने समस्याको निराकरणको उपायको विषयमा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबारदेखि छलफल सुरु भएको छ । 

छलफलमा फ्रान्स, भारत र नेपालका बाल मृगौला रोग विशेषज्ञहरू समावेश छन् । इन्टरनेशनल पेडियाट्रिक नफ्रोलोजी एसोसिएसनको आयोजनामा प्रतिष्ठानको अडोटरियम हलमा छलफल भइरहेको छ । 

छलफलमा बिगतका अनुभव, वर्तमान समस्यालाई कसरी समाधान गर्न सर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको कार्यक्रम संयोजक तथा बाल मृगौला रोग विशेषज्ञ डा. शङ्कर यादवले जानकारी दिए । 

नेपालमा झण्डै १० प्रतिशत बच्चामा मृगौला तथा पिसाब नलीमा समस्या हुने गरेको बाल रोग विशेषज्ञ तथा प्रचार प्रसार सदस्य डा. अरुणकुमार सिंहले जानकारी दिएका छन । 

यसैबिच आज बिहिबार सो सम्बन्धी अभ्यास समेत गरिएको छ । बच्चाहरूको डायलसिस कसरी गर्ने भन्ने विषयमा अभ्यास भएको संयोजक डा. यादवले जानकारी दिए । छलफलमा करिव १५० विशेषज्ञ चिकित्सकहरू सहभागी छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *