अन्नपूर्ण आधार शिविरको स्थलगत अवलोकन गरे मुख्यमन्त्रीले

पोखरा, मङ्सिर १४ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज अन्नपूर्ण आधार शिविरको स्थलगत अवलोकन गरेका छन् । 

हिमाल आरोहणको इतिहासमा सबै भन्दा जेठो हिमालका रुपमा चिनिएको अन्नपूर्ण प्रथमको फेदीमा अवस्थित आधार शिविर र त्यहाँका वातावरणीय पक्ष, पर्यटकको आगमन लगायतका विषयमा बुझ्न मुख्य मन्त्री गुरुङ सो स्थानमा पुगेका हुन् । 

अवलोकन पश्चात उनले पर्याप्त पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको प्रवद्र्धन एवं विकासलाई सरकारले प्राथमिकतामा राख्ने बताए । वातावरणीय संरक्षणका साथै यहाँका आवश्यकतालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध भएको उनले बताए । 

null

मुख्यमन्त्री गुरुङलाई अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरले त्यहाँको वातावरणीय संरक्षण, गाउँपालिकाले गरिरहेका प्रयासका बारेमा जानकारी गराए । 

कुँवरले हिम चट्टानको संरक्षण, पदमार्गको संरक्षण र विकास, वातावरण संरक्षण लगायतका विषयमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराए । अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङले अन्नपूर्ण पदमार्ग क्षेत्र, अन्नपूर्ण आधार शिविरको प्रचारप्रसार र यसको महत्वलाई उजागर गराउन वार्षिक कार्यक्रमका साथ महोत्सव सम्पन्न गरिएको बताए । 

उक्त अवसरमा अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव आयोजक समितिको पहलमा आधार शिविरस्थलमा राखिएको प्रथम हिमाल आरोही मौरिस हर्जोगको सालिक सम्बन्धमा पनि जानकारी गराइयो । 

छोम्रोङ पर्यटन व्यवसायी समितिका उपाध्यक्ष जगनबहादुर गुरुङले आधारशिविरमा विद्युतको केन्द्रीय प्रशारणलाइन जोड्नुपर्नेमा जोड दिए । केन्द्रीय लाइन जडानका साथै सौर्य ऊर्जा र हावाबाट बिजुली निकाल्न सके यहाँ आउने पर्यटकलाई राम्रो सेवा सुविधा दिन सकिने उनले बताए । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *