आर्सनलसंग बराबरी खेलेको लिभरपुल तालिकाको शीर्ष स्थानमा

एजेन्सी । प्रिमियर लिग फुटबलमा दुई अपराजित टोलीको भिडन्त बराबरीमा सकिएको छ । शनिबार राति भएको खेलमा लिभरपुल र आर्सनलले बराबरी खेल्दै अंक बाँडेका छन् । 

आर्सनलको घरेलु मैदान ईमिरेट्स स्टेडियममा लिभरपुलले ६१ औ मिनेटमा जेम्स मिल्नरको गोलबाट अग्रता लिएको थियो । प्रिमियर लिगमा उनले ५० औ गोल पुरा गर्ने क्रममा पाहुना टोलीलाई अग्रता दिलाएका थिए । 

तर ८२ औ मिनेटमा आर्सनलका एलेकसान्द्र लाकाजेट्टीले बराबरी गोल गर्दै लिभरपुलसंग अंक खोस्न सफल भए । दुवै टोलीले खेल अवधिभर आक्रमक खेल पस्किए । तर धेरै गोल निकाल्न दुवै टोली असफल रहे । 

null

खेलपछि दुवै टोलीले समान १ अंक जोडे । त्यही एक अंक प्राप्त गर्दै लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लियो । उसले दोस्रो स्थानको म्यान्चेष्टर सिटीसंग एक अंकको अग्रता लियो । आर्सनल २३ अंक सहित  पाचौ स्थानमा छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *