लिपस्टिकको यसरी गर्नुहोस सहि छनोट

हाम्रो सुन्दरतामा निखार ल्याउन लिपस्टिकले पनि निकै ठूलो भूमिका खेलको हुन्छ । सुन्दर देखिन जो कोहिलाई मन हुन्छ । तर कहिले काँहि सहि छनोट गर्न नजान्दा झन् हामीलाई नराम्रो देखिने हुन्छ । त्यस्तै हामीले लिपस्टिक लगाउँदा छालाको रङअनुसारको सही रङको लिपस्टिक छनोट गरेमा आकर्षक लुक्स दिन सहयोग पुग्छ । 

तर, गलत प्रकारको लिपस्टिक प्रयोग गर्दा भने भएको सौन्दर्यलाई समेत खुलाउँदैन । हाम्रो ओठ्को छाला एकदम नाजुक भएको हुनाले हामीले लिपस्टिक छनोट गर्दा त्यसको कलरलाई मात्र होईन गुणस्तरलाईपनि ध्यानमा राख्नुपर्ने हुन्छ । त्यसैले हामीले जहिले पनि उच्च गुणस्तरको लिपस्टिक प्रयोग गर्दा राम्रो हुन्छ । लिपस्टिक न्यून क्वालिटी देखी उच्च क्वालिटी सम्मको पाईन्छ र यो धेरै सस्तो देखी धेरै मंहगो सम्म हुन्छ । 

– यदि तपाईंको छालामा रगत गाढा देखिन्छ भने गहिरो सेड भएको लिपस्टिक छनोट गर्नुपर्छ ।यसमा रातो, रानी रङको लिपस्टिकको पनि प्रयोग गर्न सकिन्छ । लिपस्टिक लगाउँदा अनुहारको ब्राइटनेसमा विशेष ध्यान पुरयाउनुपर्छ । 

null

– यदि तपाईं गोरो हुनुहुन्छ भने पिच या न्युड पिंक या हल्का बैजनी रङको सेडवाला लिपस्टिक प्रयोग गर्दा तपाईलाई सुहाउँछ । तपाईं म्याट लिपस्टिक पनि लगाउन सक्नुहुन्छ । 

– लिपस्टिक लगाउँदा आफ्नो छालाको रगत र रङलाई परीक्षण गरी त्यहीअनुसारको लिपस्टिक छनोट गर्न आवश्यक हुन्छ । 

– आँखामा हल्का मेकअपका साथमा ओठमा गहिरो रङको लिपस्टिकबाट आफूलाई बोल्ड देखाउन सक्नुहुन्छ । 

 – लिपस्टिकपछि अनुहार चम्किलो देखियोस्, तर डल नदेखियोस् । यस्तो लिपस्टिक प्रयोग गर्दा हल्का हातले अनुहारमा थोरै बिबी क्रिम र फाउन्डेसन प्रयोग गर्न सक्नुहुन्छ र, आँखामा गाजल लगाउनुस् । किनकि, ओठसँगै आँखाको मेकअपमा पनि ध्यान दिनुपर्छ । 

छालाको रङ न्युट्रल भएको अवस्थामा गहिरो गुलाबी या बैजनी रङको लिपस्टिक प्रयोग गर्दा निकै सुन्दर देखिन्छ । यस्तो छालामा सधैँ म्याट लिपस्टिक लगाउने प्रयास गर्नुस्, जसले सधैँ राम्रो लुक्स दिन भूमिका खेल्छ । 

यदि गहुँगोरो रङको छाला छ भने सेयर ग्लास या मरुन रङको लिपस्टिक लगाउन सक्नुहन्छ । यस्तो लिपस्टिकले तपाईंको अनुहारलाई खुलाउन सहयोग पुर याउँछ । यस्तो अवस्थामा आँखामा स्मोकी लुक्स भएको मेकअप गर्नुपर्छ । न्युड लिप्सले पनि तपाईंको लुक्स एक्स्ट्रा देखाउँछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *