इंग्ल्यान्ड युईएफए नेसन्स लिग फुटबलको सेमीफाइनलमा

एजेन्सी । इंग्ल्यान्ड युईएफए नेसन्स लिग फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा क्रोएसियालाई २ – १ ले पराजित गर्दै इंग्ल्यान्डले सेमीफाइनलको यात्रा तय गरेको हो । 

घरेलु मैदानमा इंग्ल्यान्डलाई जित दिलाउन जेसे लिंगार्ड र ह्यारी केनले एक एक गोल गरे । क्रोएसियाका आन्द्रेज क्रमारीचले एक गोल फर्काए । 

 

null

वेम्बली स्टेडियमा सुरुवाती अग्रता भने क्रोएसियाले बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा क्रमारीचले गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए । 

तर, खेलको ७८ औं मिनेटमा लिंगार्डको गोलबाट इंग्ल्यान्ड खेलमा फर्कियो । त्यसपछि खेलको अन्तिम पाँच मिनेट बाँकी रहदा इंग्ल्यान्डका ह्यारी केन दृश्यमा आए । उनले खेलको ८५ औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई २ -१ को महत्वपूर्ण जित दिलाए  । 

 

जितसंगै इंग्ल्यान्डले लिग ‘ए’ समूह ४ बाट सेमीफाइनलमा स्थान बनाएको हो । इंग्ल्यान्डले ४ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थान समेत हासिल गर्यो । पराजित क्रोएसिया भने रेलिगेसनमा परेको छ । पुछारको क्रोएसियाले ४ खेलबाट ४ अंक जोड्न सक्यो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *