च्याम्पियन लिगमा लिभरपुुल पराजित, अघिल्लो चरणको संभावना कायमै

एजेन्सी । इंग्लिश प्रिमियर लिग क्लब लिभरपुल युईएफए च्याम्पियन्स लिग फुटबलमा पराजित भएको छ । मंगलबार राति भएको समूह चरणको चौथो खेलमा लिभरपुल सर्बियन क्लब रेड स्टार बेलग्रेडसंग २ – ० ले पराजित भएको हो । 

घरेलु मैदानमा लिभरपुललाई स्तब्ध बनाउन मिलान पाभकोभले दुई गोल गरे । पहिलो हाफमा बेलग्रेडका पाभकोभ नायक बनेपछि लिभरपुलले हार व्यहोरेको हो । 

पहिलो हाफको २२ औं मिनेटमा पाभकोभले गोल गर्दै बेलग्रेडलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको २९ औं मिनेटमा पाभकोभले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा बेलग्रेड २ – ० ले अघि रह्यो । 

null

दोस्रो हाफमा लिभरपुल खेलमा फर्कन सकेन र बेलग्रेडसंग २ – ० ले स्तब्ध बन्यो । बल पोजिसनमा पकड जमाएको लिभरपुलले पाएको मौका सदुपयोग गर्न सकेनन् । उसले बेलग्रेडको पोष्टमा आधा दर्जन बढी आक्रमण गरेको थियो । 

 

हारसंगै समूह ‘सी’ को लिभरपुल लिगको दोस्रो स्थानमा झरेको छ । लिभरपुलले ४ खेलबाट ६ अंक जोडेको छ । लिभरपुलको दोस्रो चरणमा पुग्ने सम्भावना कायम रहेको छ । बेलग्रेड ४ खेलबाट ४ अनक जोडेर पुछारमा छ । 

यस समूहको शीर्ष स्थानमा इटालियन क्लब नेपोली रहेको छ । नेपोलीको पनि ६ अंक छ । तर, गोल अन्तरमा अघि रहेको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *