काठमाडौंले चितवनलाई दियो ९५ रनको लक्ष्य

कात्तिक १८, काठमाडौँ । पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिग (पीपीयल) अन्तर्गत आइतबारको खेलमा काठमाडौँ रोयल्सले चितवन राइनोजलाई ९५ रनको लक्ष्य दिएको छ । 

पोखरा प्रिमियर लिगको फाइनल प्रवेश अन्तर्गतको खेलमा काठमाडौँले चितवनलाई ९५ रनको सामान्य लक्ष्य दिएको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरसकिन ३ बल बाँकी छँदा सबै विकेटको क्षतिमा ९४ रनमा सिमित भयो । 

null

काठमाडौंका लागि कुनै पनि खेलाडिले राम्रो प्रदर्शन गर्न नसकेको अवस्थामा कप्तान ज्ञानेन्द्र मल्लले ३० रन बनाए । उनले ३५ बलमा २ चौका प्रहार गरे । जयकृशन कोल्सवालाले २५ रन बनाए । उनले ३७ बलमा २ चौका प्रहार गरे । 

काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र र कोल्सवालाबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । 

बलिङमा सनी पटेलले ३ विकेट लिन सफल भए। उनले ४ ओभरमा १९ रन खर्चिए। स्मित पटेल र भुवन कार्कीको नाममा २(२ विकेट रह्यो। पारस खड्का र करण केसीले १-१ विकेट हात पारे। 

खेलमा जित हात पार्ने टिम फाइनलमा पुग्नेछ। फाइनलमा जारी खेलमा जित हात पार्ने टिम र पोखरा पल्टनबीच आगामी मंगलबार प्रतिस्पर्धा हुनेछ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *