लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोटले लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । वृत्तको टोलीले चन्द्रागिरि नगरपालिका–७ थानकोटबाट वि आर१एच ६९०८ नंको भारतीय कार जाँचका क्रममा लागुऔषधसहित भारत विहारका १९ वर्षीय सविर अली र सोही स्थानका ५५ वर्षीय करण सहनीलाई बिहीबार राति पक्राउ गरेको हो । 

महानगरीय प्रहरी प्रभागका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले कारको सिटमा रहेको जेब्रा झोलामा लुकाइछिपाइ लागुऔषध ल्याएको भेटिएकाले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । कार्यालयका अनुसार ६९५ एम्पुल डाइजेपाम, ६९६ एम्पुल नुर्फिन र ४९५ एम्पुल फेनार्गन गरी एक हजार ८८६ एम्पुल लागुऔषधका साथै वाइन सिरेफ सात बोत्तलसमेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको प्रवक्ता सिंहले बताए। – 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *