भारतमा आँधीको चपेटामा परि ३३ जनाको मृत्यु

नयाँदिल्ली, मंसिर २ । भारतको पूर्वी क्षेत्रमा आएको आँधीका कारण ३३ जनाको मृत्यु भएको छ । प्रकोप व्यवस्थापन सम्वन्धी निकायका उच्च अधिकारीहरुले शक्तिशाली आँधीका कारण अरु पनि धेरै क्षति भएको आइतबार जानकारी आएको छ । 

आँधी तमिलनाडु राज्यमा शुक्रबार आएको हो । ‘साइक्लोन गाजा’ नाम दिइएको सो आँधी प्रतिघण्टा १२० किलोमिटरको गतिमा आएको समाचारमा छापिएको छ । 

आँधीमा परेर हाल सम्म २० जना पुरुष र ११ जना महिला र २ जना बालबालिकाको मृत्यु भईसकेको जानकारमीमा आएको छ । हजारौँ रुखहरु आँधीका कारण भाँचिएका छन् भने ठूलो संख्यामा घरहरु अस्तव्यस्त भएका छन् । हजारौको संख्यामा घरबारविहिन भएका स्थानीयबासीलाई शिविरहरुमा राखिएको जानकारी आएको छ । 

null

आँधीका कारण लगभग घरबारविहीन हुनेको संख्या एक लाख ७७ हजार ५०० पुगेको छ । उनीहरुलाई ३५१ वटा शिविरमा राखिएको एक अधिकारीले पत्रकारहरुलाई भने । 

धेरै जसो मृत्यु बाढीले बगाएर, घरहरुले च्यापेर र बिद्युतीय गढबढीका कारण भएको देखिएका छन् भने प्रत्येक पीडित परिवारलाई १४ हजार डलरका दरले क्षतिपूर्ति दिने प्रदेशका मुख्यमन्त्री इडाप्पाडी पालानीस्वामीले घोषणा गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *