खम्बा गाडेको एक्काइस वष बितिसक्दा पनि बल्न सकेन बिजुली

मंसिर १४, बाँके । बाँकेको राप्तीपारि नरैनापुरमा बिजुलीका खम्बा गाडेको २१ वर्ष बितिसक्दा पनि खम्बामा तार झुण्ड्याइएको छैन । 

विसं २०५६ को निर्वाचनअघि प्रेम भण्डारीले आफ्नो उम्मेदवारीसँगै बिजुलीका पोल गाडेका थिए । पोल गाडेपछि चार वटा निर्वाचन भइसके तर गाडेका पोलमा न तार झुण्ड्याइएको छ, न त बत्ती नै बलेको छ । 

“पोल गाडेको २१ वर्ष भयो, अहिलेसम्म बत्ती बलेको छैन”, नरैनापुरका मोहम्मद खानले बताए, “अहिलेसम्म पोल हेरेरै बत्ती बल्ने सपना देखिरहेका छौँ ।” 

null

“निर्वाचनको माहोल आफ्नो पक्षमा पार्नका लागि भण्डारीले ‘सोर्सफोर्स’ लगाएर नरैनापुरमा रातारात पोल गाडेका थिए”, नरैनापुरका मुस्ताक अलि भन्छन्, “विद्युत कार्यालयको कार्ययोजना अनुरुप यहाँ पोल गाडेको भए सायद अहिलेसम्म बिजुली बलिसक्थ्यो । निर्वाचन जित्न पोल गाडेको भएर अहिलेसम्म बत्ती बलेन ।” 

यो सँगसँगै विद्युतीकरण शुरु भएका देशका अन्य ठाउँमा बिजुली बलिसकेको छ । नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख रामदुलार यादवले विद्युत् कार्यालयले सिधै हेर्नुभन्दा पनि सामुदायिक विद्युतीकरणअन्तर्गत राखिएकाले ढिलाइ भएको बताए । 

यादवले भने “कार्ययोजनाअनुसार पोल गाडिएको भए अहिलेसम्म बत्ती बलिसक्थ्यो । नेताको सोर्सफोर्समा पोल गाडियो, त्यसकारण पनि ढिलाइ भएको हो ।” गरीब जनताको बसोबास हुनु र सामुदायिक विद्युतीकरणमा जनताको पनि ‘योगदान’ देखिनुपर्ने तथा ठेकेदारको बदमासीले नरैनापुरमा बत्ती बल्न सकेको छैन । नरैनापुरको विद्युतबाल्नका लागि जिल्लाको विद्युत् कार्यालयले यो वर्ष रु ४० लाख बिनियोजन गरेको यादवले जानकारी दिनकारी दिए । क्षेत्रीय विद्युत् कार्यालयका प्रमुख मनोजकुमार सिंहले नरैनापुरमा बत्ती बाल्नका लागि रु २२ करोड छुट्याएको र बोलपत्र प्रक्रियामा रहेको जानकारी दिए । क्षेत्रीय प्रमुख सिंहले तीन महीनामा सव स्टेशन बन्ने र चैतसम्ममा ३३ केभी लाइन तान्ने काम भइरहेको पनि बताए । उनले डेढ वर्षभित्र नरैनापुरमा बत्ती बल्ने आश्वासन दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *