सरकारका कारण राजनीतिप्रति नै नैराश्यताः गगन थापा

 

भदौ १४, विराटनगर । नेपाली कांग्रेसका नेता गगन थापाले वर्तमान सरकारको काम गर्ने कार्यशैलीले सिंगो राजनीतिक प्रणालीप्रति नै नैराश्यता सृजना हुन सक्ने बताएका छन । 

उनले नेकपाको बलियो सरकारले जुन अवस्थामा काम गर्नुपर्ने थियो त्यो, वर्तमान सरकारले गर्न नसकेको बताए । 

null

विराटनगर विमानस्थलमा शुक्रबार स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा नेता थापाले सरकार गठनको अवस्था यसअघिका सरकार भन्दा असामान्य रहेको बताए । उनले भने ‘यो दुई तिहाई नजिकको सरकार हो, तरपनि यो सरकारले ‘विलो द एभरेज’ को पर्फमेन्स पनि देखाउन सकेन ।’ 

नेता थापाले स्वयं प्रधानमन्त्री आफैँ आफ्नो सरकारको सञ्चालनप्रति असन्तुष्ट रहनु लगायतका कारणले पनि यसको पुष्टि भएको बताए । 

उनले यो सरकारले काम गरेर नयाँ उचाई बनाउन आवश्यक रहेकोमा जोड दिए । नेता थापाले यो सरकारले राम्रो काम गरोस् भन्ने काग्रेसको शुवेच्छा रहेको भन्दै वर्तमान सरकारले जनताको विकासको चहानालाई पुरा गर्न सक्नुपर्ने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *