अाजबाट शहिद स्मारक ए डिभिजन लिगका दाेस्राे चरणका खेल हुँदै

मंसिर १, काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अाज शनिबारदेखि दोस्रो चरणका खेल सुरु हुँदैछन् । हल्चोकस्थित एपीएफ रंगशालामा शनिबार दुई खेल हुनेछन् । 

अाजकाे पहिलाे खेल मनाङ मनाङ मर्स्याङदी क्लब र ब्रिगेड ब्वाइज क्लब विच हुनेछ । दाेस्राे खेल नेपाल अार्मीकाे विभागिय टीम र एनअारटी क्लब विच हुने छ । 

विहान ११ बजे हुने मनाङ मनाङ मर्स्याङदी क्लब र ब्रिगेड ब्वाइज क्लब विचकाे खेलमा मनाङका लागि मिडफिल्डर एवं उपकप्तान सुजल श्रेष्ठ चोटका कारण उपस्थित रहने छैनन् । उनी बुधबार प्रशिक्षणका क्रममा लड्दा हातमा चोट लागेपछि ६ साताका लागि विश्राममा रहेका छन् । 

null

मनाङले सुजल घाइते हुने अघिल्लो दिनमात्र विंगर प्रकाश बुढाथोकीलाई टोलीमा आबद्ध गरेको थियो । यसबाहेक मनाङमा दिपक राई, अन्जन विष्ट, हेमन गुरुङ, विशाल राइसँगै विदेशी फरवार्डद्वय ओलावाले आफिज र आडेलाजा सोमिडे पनि छन् । 

यता एनआरटी र अार्मी विचकाे खेलमा एनअारटीकाे पल्ला भारी हुने देखिएकाे छ । पहिलाे खेलमा आर्मीलाई बराबरीमा रोकेपछि एनअारटी उच्च लयमा देखिएकाे छ । 

युवा जोशले भरिएको एनआरटीले पहिलो खेलमा आर्मीविरुद्ध अन्तिम मिनेटमा बराबरी गोल खाएको थियो । प्रशिक्षक महेश्वर मुल्मीले ठूला टोलीविरुद्ध आक्रामक भएर खेल्दा नतिजा आउने भएकाले अाफुहरू अाक्रमक भएर खेल्ने बताए । 

विशाल श्रेष्ठ, कमला श्रेष्ठ, सुरज विक, मोहमद आसिफ, विराज महर्जन (कप्तान), हेमन गुरुङ,विशाल राइ, प्रकाश बुढाथोकी, अन्जन विष्ट आडेलाजा सोमिडे, ओलावाले आफिज 

सोजित गुरुङ, सकल रेग्मी, क्रिस्टियन, सरोज तामाङ, आशिष, मसुद, डिकेश खड्गी (कप्तान), अशोक थापा, रोशन भुजेल. राजेश परियार, कौआसी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *