धरानमा दोश्रो मेयर कप खेलकुद प्रतियोगिता सुरु

धरान, मंसिर ५ । सुनसरीको धरानमा आजबाट दोश्रो मेयरकप खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्धघाटन गर्दै संघीय सांसद जयकुमार राईले विद्यार्थी जिवनमा खेलकुद महत्वपुर्ण रहेकाले धरानको खेलकुदको विकासका लागी जस्तो सुकै सहयोग गर्न पहल गर्नै प्रतिबद्धता व्यक्त गरेका छन् । 

 

उनले सुनसरीको धरान खेलकुद पूर्वाधार विकासका लागि मन्त्रालयले यो वर्ष १ करोड भन्दा बढी बजेट बिनियोजन गरेको सार्वजनिक गरे । 

null

सांसद राईले सुनसरीको धरानमा खेलकुद विकास गर्नका निम्ति रंगशालाको अवस्थालाई सुधारमा ध्यान दिन आग्रह गरे ।राईले मेयर कप स्कुल ओलम्पिक खेलबाट धरानलाई उत्कृष्ट बनाउनु पर्ने समेत बताए । पर्यटनलाई मात्र आर्कषण गरेर धरानको विकास नहुँने हुँदा विकासको रुपमा धरान उपमहानगरपालिकालाई उत्कृष्ट बनाउन सबै क्षेत्रलाई प्राथमिकता दिन आग्रह समेत गरे । 

उनले सुनसरी जिल्लामा एकिकृत खेलकूद पूर्वाधार विकासका लागि समेत पहल गर्न आग्रह गरे । सबै पूर्वाधार एकै ठाउँमा निर्माण गर्न सकिने गरी जग्गा व्यवस्थापन गरी प्रक्रिया अघि बढाउन उनले आग्रह गरेका छन् । प्रतियोगिताको उद्धघाटन समारोहमा प्रदेश नं १ का सभामुख प्रदिप कुमार भण्डारी, धरानका कार्यवाहक मेयर मन्जु भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । प्रतियोगितामा धरानभरीका ५६ वटा विद्यालय सहभागी छन् । आजबाट सुरु भएको प्रतियोगिता मंसिर १७ गते सम्म चल्नेछ । 

 

प्रतियोगिता सामुदायिक विद्यालय तथा संस्थागत बिद्यालयमा अध्ययनरत माध्यमिक स्तरका विद्यार्थी हरुको खेल प्रतिभाको प्रष्फुटन गराउने उद्देश्यले दुर्इ वर्ष यता सुरू गरिएकाे हाे । प्रतियोगिता अन्तर्गत धरान रंगशालामा एथ्लेटिक्सका सबै खेलहरु, डिपोट मा.बि.को खेल मैदानमा बास्केटबल, भलिबल र सेपाकटाको, धरान रंगशालाको सेमी कर्वड हलमा ताईक्वान्डो, कराँते, अमर सेवा समाज धरान १३ मा ब्याडमिन्टन, एन्फा टेक्निकल सेन्टर धरान १७ मा फुटबल, बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान १ नं ग्राउण्डमा क्रिकेट, नगरपालिका कर्मचारी एशोसिएसन भवनमा बृद्धिचाल (चेस) पुरानो कर्वड हल धरान ९ मा टेबलटेनिस ,धरान रंगशाला सेमी कर्वड हलमा कबडी प्रतियोगिता सञ्चालन हुनेछन् । 

बिगतमा १० वटा विधामा भएको मेयर कप ओलम्पिकमा यस बर्ष दुईवटा लेख थप गरिएकाे छ । अाजकाे उद्घाटन समाराेहलार्इ प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने भनिए पनि विशेष कारणवस मुख्यमन्त्री अाएनन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *