जे.टी क्रिकेट कप: पानसदिप, सनराईज र ब्राईट फ्युचर बिजयी

बौनिया, मङ्सिर ३ । जे.टी. क्रिकेट कप प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा पानसदिप बिजयी भएको छ । आज बिहान भएको पहिलो खेलमा बसन्त मुरारी लाई ७ विकेटले पराजित गर्दै पानसदिप बिजयी भएको हो । टस हारेर ब्याटिङमा उत्रिएको बसन्त मुरारीले १३.४ ओभरमा सबै विकेट गुमाउँदै ६४ रन बनाएको थियो । बसन्त मुरारीलाई सस्तैमा समेट्ने क्रममा पानसदिपका दिपेश ओलीले ३ ओभरमा २२ रन खर्चिदै ह्याट्रिक सहित ५ बिकेट लिएका थिए । 

यसै गरी पानसदिपका अर्का बलर गौरब बिसीले २ ओभरमा ३ रन खर्चिदै २ विकेट लिएका थिए । बसन्त मुरारीकालागि यमु साउदले १८ रन बनाए । ५ बिकेट लिएका पानसदिपका दिपेश म्यान अफ द म्याच घोषित भए । 

६५ रनको लक्ष्य लिएर जवाफि ब्याटिङमा आएको पानसदिपले ११.५ ओभर खेल्दै ३ विकेटको क्षतीमा लक्ष्य चुम्न सफल भयो । पानसदिपका भुपेश बस्नेतले २३ रनको योगदान दिएका थिए । बसन्त मुरारीका हेमन्त बुढाले २ बिकेट लिए । 

null

दोस्रो खेलमा द सनराईज ४ विकेटले बिजयी भएको छ । टस हारेर ब्याटिङमा उत्रिएको नाताले ११.५ ओभरमा १० विकेट गुमाउँदै ५२ रन बनाउन सफल भयो । नातालाई ५२ रनमै समेट्ने क्रममा तुसार मल्लले १.५ ओभरमा ४ विकेट र बिबेक सुनारले ३ ओभरमा ६ रन खर्चिदै ३ बिकेट लिएका थिए । 

५३ रनको सामान्य लक्ष्यका साथ मैदानमा उत्रिएको द सनराईजले १२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो । द शनराईजका बिबेक सुनारले अबिजित ३० रन बनाउन सफल भएका थिए । नाताका कप्तान डेबिट राज गिरीले ३ ओभरमा ८ रन खर्चिदै २ विकेट लिन सफल भए पनि टिमलाई जित दिलाउन सकेनन । ३ विकेट र अबिजित ३० रन बनाएका द शनराईजका बिबेक सुनार म्यान अफ द म्याच भएका थिए । 

अन्तिम खेलमा ब्राईट फ्युचर बिजयी भएको छ । ब्राईट फ्युचरले स्यम्भुनाथलाई १ सय ३ रनले पराजित गरेको छ । ट्स जितेर ब्याटिङ गरेको ब्राईट फ्युचरले निर्धारित १५ ओभरमा ७ विकेट क्षतीमा १५६ रन बनाएको थियो । ब्राईट फ्युचरका रमेश बुढाले २० बलमा ६ चौका र १ छक्काको मदतले ३९ रन बनाउन सफल भएका थिए । बिशाल रोकायाले १६ बलमा ६ चौकाको सहयोगले ३४ रन बनाएका थिए । 

स्यम्भुनाथका लागि मनिस न्यौपानेले ३ ओभरमा ३३ रन खर्चिदै ४ विकेट लिएका थिए । स्यम्भुनाथलाई सस्तैमा समेट्ने क्रममा ब्राईट फ्युचरले विकेट लिएका थिए । 

सहभागी बिद्यालयलाई बिभिन्न ४ समूहमा बिभाजन गरिएको छ । प्रतियोगितामा टिकापुरबाट १, लम्कीबाट १० र बौनियाका ५ बिद्यालय गरी जम्मा १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद ६१ हजार १ सय ११ र उप–बिजेताले नगद ३१ हजार १ सय ११ मेडल,ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *