युभेन्ट्सको सहज जित, रोनाल्डो भने गोल गर्न असफल

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा साबिकको विजेता युभेन्ट्सले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई ३ – १ ले हराएको हो । 

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन पाउलो डिबाला र जुवान काउड्राडोले एक एक गोल गरे । युभेन्ट्सले एक आत्मघाती गोल उपहार पाएको थियो । काग्लियारीका फिलिप ब्राडारिचले आत्मघाती गोल गर्दा जोया पेड्रोले एक गोल फर्काए । 

एलिनाज स्टेडियममा पहिलो मिनेटमै डिबालाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा पेड्रोले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । 

null

३८ औं मिनेटमा ब्राडारिचले आत्मघाती गोल गरेपछि युभेन्ट्सले २ – १ को अग्रता बनायो । त्यसपछि खेलको ८७ औं मिनेटमा काउड्राडोले गोल गर्दै युभेन्ट्सलाई ३ – १ को सहज जित दिलाए । 

 

पाहुना टोलीविरुद्ध स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो भने गोल गर्न असफल भए । उनले पाएको केहि मौकामा गोल गर्न सकेनन् । तर, खेलअघि रोनाल्डोलाई युरोपियन क्लब फुटबलमा ४ सय गोलको पुरा गरेकोमा क्लबले सम्मान स्वरूप ४०० अंकित जर्सी प्रदान गरेको थियो । रोनाल्डोले उक्त जर्सी प्रदर्शनी गरेका थिए । 

घरेलु मैदानको जितसंगै युभेन्ट्सले ११ खेलबाट ३१ अंक जोडेको छ । र, लिगको शीर्ष स्थानमा यथावत रहेको छ । पराजित काग्लियारी १३ अंक जोडेर १३ औं स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *