चेल्सीको सहज जित, लिभरपुललाई पछि पार्दै दोस्रो स्थानमा

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई ३ – १ ले पराजित गरेको हो । 

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन अल्भारो मोरटाले दुई गोल गरे । यस्तै पेड्रोले एक गोल थपे । क्रिष्टल प्यालेसका एन्ड्रोस टाउनसेन्डले एक गोल फर्काए । 

 

null

स्टामफोर्ड ब्रिजमा चेल्सीले खेलको ३२ औं मिनेटमा मोरटाको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । खेलको ५३ औं मिनेटमा क्रिष्टलका टाउनसेन्डले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । 

खेलको ६५ औं मिनेटमा मोरटाले गोल गर्दै चेल्सीलाई पुनः २ –  १ अग्रता दिलाए । त्यसपछि खेलको ७० औं मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई ३ – १ को सहज जित दिलाए । 

 

जितसंगै चेल्सी लिगको दोस्रो स्थानमा उक्लिएको छ । चेल्सीले ११ खेलबाट २७ अंक जोडेको छ । चेल्सीले लिभरपुललाई पछि पार्दै दोस्रो स्थान हासिल गरेको हो । लिभरपुलसंग समान २७ अंक भएपनि चेल्सी गोल अन्तरमा दोस्रो स्थानमा रहेको हो । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *