सन्दीपको उत्कृष्ट प्रदर्शन, केरला र राजपुट्सबीचको खेल रद्द

काठमाडौं । युएईमा जारी टी-१० क्रिकेट लिग अन्तर्गत नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने रहेको केरला नाइट्स र राजपुट्सबीचको खेल रद्द भएको छ । 

सारजाहमा जारी खेल बर्षाले बिथोलिए पछि रद्द भएको हो । खेल बर्षाले रोकिएसंगै दुवै टोलीले एक एक अंक बाडेका छन् । 

बर्षाले खेल रोकिनु अघि टस हारेर पहिले ब्याटिङ गरिरहेको राजपुट्सले ९ ओभरमा ५ विकेट गुमाएर ९४ रन जोडेको थियो । राजपुट्सका जोन इभान्स ३८ रनमा अविजित थिए । 

null

बर्षाले खेल रद्द भएपनि नेपाली लेग स्पिनर सन्दीपले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिए । राजपुट्सविरुद्ध सन्दीपले २ ओभर बलिङ गर्दै २३ रन खर्चेर २ विकेट लिए । 

सन्दीपले आफ्नो पहिलो ओभर र दोस्रो ओभरमा एक एक विकेट लिए । सन्दीपले पहिलो ओभरमा मोहमद साहजादलाई १ रनमा आउट गरे ।  यस्तै सन्दीपले आफ्नो दोस्रो ओभरमा कार्लोस ब्रेथवेथलाई १ रन नै पेभेलियन फर्काए । 

योसंगै सन्दीपले ३ खेलबाट ६ विकेट लिन सफल भएका छन् । यसअघि सन्दीपले पहिलो खेलमा पख्तुनविरुद्ध  २ ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिएका थिए । र, उनी प्लेयर अफ दि म्याच समेत बनेका थिए । 

दोस्रो खेलमा सन्दीपले २ ओभर बलिङ गर्दै १४ रन खर्चिएर १ विकेट लिएका थिए ।  

यो खेलपछि साविकको बिजेता समेत रहेको केरला ३ खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा छ । ३ अंक नै जोडेको राजपुट्स दोस्रो स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *