नोबेलको शिविरबाट ७ सय बिरामीले पाए निःशुल्क उपचार

कात्तिक १३, विराटनगर । नोबेल शिक्षण अस्पतालले मोरङको बेलवारी र सुन्दरहरैचामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ७ सय भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ । 

बेलवारी–४ कसेनी मावि र सुन्दरहरैचा–१० खोर्सानेमा शिविर सञ्चालन गरी ७ सय ४७ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । 

कसेनी माविमा सञ्चालित शिविरबाट ४ सय ३५ जना र खोर्सानेमा सञ्चालित शिविरमा ३ सय १२ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । 

null

 

कसेनीको शिविरमा १ सय ५३ जना बिरामीको भिडियो एक्सरे, १ सय २० जना बिरामीको ल्यावटेष्ट र ४१ जना बिरामीको ईसीजी गर्नुका साथै ६१ जना बिरामीलाई नोबेल अस्पताल रिफर गरिएको छ । 

यता खोर्सानेको शिविरमा ३५ जनाको भिडियो एक्सरे, १३ जनाको ईसीजी र १ सय १ जनाको ल्यावटेष्ट गरिएको छ । 

 

शिविरमा उपचार सम्भव नभएका २७ जना बिरामीलाई नोबेल अस्पताल रिफर गरिएको जनसम्पर्क अधिकृत दाहालले बताए । शिविरमा मेडिसिन, स्त्री, बाल, नाक कान घाँटी, आँखा, दन्त, हाडजोर्नी तथा नसा, छाला, मानसिक लगायत रोगको उपचार गरिएको छ । 

नाफामुखी भन्दापनि सेवामुखी भावले सेवा उपलब्ध गराउँदै आएको नोबेल अस्पतालले ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको अस्पताल सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *