चितवन राष्ट्रिय निकुञ्जमा सात गैँडा मरे

कात्तिक ८, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा साउनयता प्राकृतिक कारणले सातवटा गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार विभिन्न कारणले गैँडा मरेका हुन् । 

बच्चालाई गोहीले खाएर, जुधेर, भालेले हानेर, दलदलमा फसेर, बुढो भएर र एउटा मृगौला एवं फोक्सोमा खराबी भएर गैँडाहरु मरेको ढकालले बताए । 

चोरी शिकारीबाट गैँडा मर्न पाएका छैनन् । ढकालका अनुसार गत वर्षको यही समयमा १२ गैँडा कालगतिले मरेका थिए । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले गत वर्ष यो समयमा बाढीले चार गैँडा मरेको बताए । बाढीले बगाएर भारत पु¥याएका नौ गैँडा उद्धार गरी ल्याइएको थियो । नेपालकै सीमा क्षेत्रबाट बाढीले बगाएको एउटा गैँडा उद्धार गरिएको थियो । 

null

गैँडाको सङ्ख्या बढ्दै गएपछि कालगतिका कारण मर्ने सङ्ख्या पनि बढ्दै गएको अर्यालले बताए । गत आर्थिक वर्षमा कालगतिले २६ गैँडा मरेका थिए । यो सङ्ख्या हालसम्मकै उच्च हो । कालगतिका कारण मर्ने सङ्ख्या बढ्दै गएपछि निकुञ्ज विभागले अध्ययनसमेत थालेको छ । सन् २०१५ को गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा रहेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *