तीनवटा विधेयकलाई सैद्धान्तिक सहमति दिने तयारीमा प्रदेश २ सरकार

धनुषा । प्रदेश २ सरकारको बिहीबार बस्ने मन्त्री परिषद बैठकले तीनवटा विधेयकलाई सैद्धान्तिक सहमति दिने तयारी गरेको छ । 

लोकसेवा सम्बन्धी विधेयक २०७५, प्रशासन सम्बन्धी विधेयक २०७५ र निजामती कर्मचारी सम्बन्धी विधेयक २०७५ लाई सैद्धान्तिक सहमति दिने मन्त्री परिषदको तयारी छ । बिहीबार अपराहन्ह ४ बजे बस्ने मन्त्री परिषदको बैठकमा तीनै वटा विधेयकलाई सैद्धान्तिक सहमति दिने तयारी गरेको प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *