अाज नवरात्रकाे अाठाैं दिन, महागाेरीकाे अाधाधना गरिँदै

असोज ३१, काठमाडौं । आज नवरात्रको आठौं दिन हो । आजको दिनलाई महाअष्टमी भन्ने गरिन्छ । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुपमध्ये आज महागौरी देवीको पूजा आराधना गरि महाअष्टमी मनाइदैछ । अाज भगवतीलार्इ महागौरी भनेर अर्चना गरिन्छ । महागाैरीकाे पूजा गर्दा विभिन्न शक्ति पीठहरुमा बली दिने प्रचलन छ । माहागौरी माता दूर्गाको आठौं शक्तिको नाम हो । 

महागौरीको पूजा गर्नाले सबै पापबाट मुक्ति मिल्ने विश्वास हिन्दू सम्प्रदायमा छ । महागौरीले देवी पार्वतीका रुपमा भगवान शिवलाई पति पाउन कठोर तपस्या गरेकी थिइन् । 

महाअष्टमीको दिन महिलाले आफ्नो पतिव्रतका लागि महागौरीलाई बस्त्र चढाउँछन् । देवी महागौरीको पूजाविधि विभिन्न समुदाय अनुसार फरक(फरक हुने गर्छ ।अष्टमीको दिन महागौरीलाई बली दिइन्छ । 

null

महागौरीलाई बलि दिएपछि मात्रै घर घरमा दशैंको रौनक शुरु हुन्छ । 

आजको दिन मांसहारी हिन्दु धर्मावलम्बीहरुले आ-आफ्नो गच्छेअनुसार घर घरमा खसी, राँगा, सुँगुर, कुखुरा, हाँस, भेडा, च्याङ्रा इत्यादि काटेर मासु खाने गर्दछन् भने साकाहारीले दही, केरा, चिउरा, घिऊ इत्यादि परिकार खाएर चाडबाड मनाउने गर्छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *